पुल बनेपछि पाँच घन्टाको बाटो ४५ मिनेटमा छोटियो

बाबियाचौर (म्याग्दी), ९ साउन । म्याग्दीको बैसरीस्थित कालीगण्डकी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि पाँच घन्टा पैदल हिँड्नुपर्ने बाटो ४५ मिनेटमै छोटिएको छ ।

राम्चे–९ र भगवती–२ को सिमानामा पर्ने बैसरीमा कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि हिस्तानको ७, ८ र ९ मा पर्ने औला र रिमा तथा राम्चे–९ काफलडाँडाका बासिन्दालाई घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको हो ।

२०७२ जेठ १० गते काफलडाँडाको भिरबाट खसेको पहिरोले बैसरीमा रहेका दुई वटा झोलुङ्गे पुल पुरेपछि औला, रिमा र काफलडाँडाका बासिन्दाले सदरमुकाम बेनी आउन जानका लागि घुमाउरो बाटोको प्रयोग गर्दै आएका थिए ।

राम्चेको काफलडाँडा महभिर हँुदै बेनी आउन जान पाँच घन्टा हिँड्नुपर्ने बाटो असार अन्तिम साता बैसरीमा झोलुङ्गे पुल निर्माण भएपछि ४५ मिनेटमा छोटिएको हिस्तान औलाका शिव पुर्जाले बताउनुभयो ।bridge