गौरी शंकर’लन्डनको प्लमस्टेडमा भब्य प्रदर्शन(फोटो फिचर)

लन्डन।बेलायतका विभिन्न शहरहरूमा सफलतापूर्वक प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘गौरी शंकर’लन्डनको प्लमस्टेडस्थित गोर्खा क्याप्रिकनमा भब्य रुपले प्रदर्शन भएको छ।

नेपालमा छायांकन गरिएको बहुप्रतिक्षित नेपाली चलचित्र ‘गौरी शंकर’ कार्डिफ र अल्डरसटमा भव्य प्रदर्शन र दर्शकको सकारात्मक प्रतिक्रिया पाएपछि चलचित्र लन्डनको प्लमस्टेडमा पनि भब्य प्रदर्शन भएको हो।

गौरी शंकर’ १५ फ्रेब्रवरी आइतबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म चलचित्रका दुईवटा शोहरू प्लमस्टेडस्थित गोर्खा क्याप्रिकनमा प्रदर्शन भएको हो।

कलाकार एबम इनास यूकेका संस्थापक तथा इनास ग्लोवलका पूर्व उपाध्यक्ष मनिष श्रेष्ठ-सचिव दीप गिरी,-इंग्ल्याण्ड राज्य परिषदकी अध्यक्ष राममाया बिष्ट-अहिल्या कुँवर-समाजसेवी तिलक भट्टराई ब्यबशायी मोहन गुरुङ ,पत्रकार श्याम लुइँटेल लगायत चलचित्र हेरेर हौसला दिन पनि आग्रह गरेका थिए । उपस्थित दर्सक एबम अतिथि हरुले गौरी संकर को प्रशंसा गर्दै सफलताको शुभकामना दिएका थिए ।

चलचित्रमा निर्देशक तथा अभिनेता आरबी खत्री, अभिनेता विनोद श्रेष्ठ र स्थानीय अभिनेत्री शोभा राणा पोखरेल लगायतका कलाकारहरूको उत्कृष्ट अभिनय रहेको छ।स्थानीय अभिनेत्रीको अभिनय रहेका कारण पनि लन्डनवासी नेपालीहरूमाझ यो चलचित्रलाई लिएर विशेष उत्साह देखिएको छ।नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नेपाली समसामयिक विषयवस्तुमा आधारित यो चलचित्रले नेपाली कला र संस्कृतिलाई विदेशमा समेत प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहले हेर्न मिल्ने गरी निर्माण गरिएको यो चलचित्रले नेपाली सिने जगतमा ऐतिहासिक ऊर्जा थप्ने विश्वास निर्माण पक्षले लिएको छ।गौरी शंकर’ परिवारले नेपाली कला र संस्कृतिप्रति माया दर्शाउँदै यो चलचित्र एक पटक हेरिदिन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गरेको छ।

नेपाली मौलिकता जोगाउन र प्रवासमा रहेका प्रतिभाहरूलाई हौसला प्रदान गर्न यो प्रदर्शन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।आगामी महाशिवरात्रिको अवसरमा नेपालमा देशव्यापी रिलिजको तयारीमा रहेको यो चलचित्र बेलायतवासी नेपाली दर्शकहरूका लागि विशेष शोमार्फत देखाइँदै आएको हो।अब छिट्टै लन्डनको ह्यारो फुटबल क्लबमा प्रदर्सन हुने निर्धारित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *