लोकनाथ अधिकारी अध्यक्ष बने नटिङ्गम नेपाली समाज यूकेको ,अरु पदमा को को आए

नटिङ्घम, नटिङ्घम नेपाली समाज यूकेको अध्यक्षमा लोकनाथ अधिकारी निर्वाचित भएका छन्। आइतबार नटिङ्घमस्थित ‘द क्लाक बार’मा सम्पन्न अधिवेशनले आठौँ कार्यसमितिको विघटनसँगै २०२५–२०२७ कार्यकालका लागि अधिकारीको नेतृत्वमा नयाँ (नवौँ) कार्यसमिति चयन गरेको हो।

अधिवेशनमा दुवै उपाध्यक्ष सहित महासचिव, सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष र १८ सदस्य पदका लागि सर्वसम्मत रूपमा नयाँ पदाधिकारीको घोषणा गरिएको थियो। अध्यक्ष पदका प्रत्यासी मकुन्द खरेलले सहमतिका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि लोकनाथ अधिकारी सर्वसम्मत अध्यक्ष बने।

नव–निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा रेशम खड्का र निरु चालिसे, महासचिवमा डिलाराम गौतम, सचिवमा विवेक केसी, कोषाध्यक्षमा मोहन केसी र सह–कोषाध्यक्षमा अर्जुन सापकोटा चयन भएका छन्। त्यस्तै कार्यसमितिका सदस्यमा खगेन्द्र शाहानी, विष्णु गुरुङ, चन्द्र खत्री, रुकमाङ्गत अर्याल, शालिकराम घिमिरे, आशिश तुलाधर, जमुना सुवेदी, मिलन सापकोटा, शम्भुराज गौतम, भिम भोलन र सुदिप उप्रेतीलगायत चयन भएका छन्।

बन्दसत्रमा कोषाध्यक्ष रवि गिरि र सह–कोषाध्यक्ष मोहन केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे भने महासचिवको प्रतिवेदन उपाध्यक्ष लोकनाथ अधिकारीले प्रस्तुत गरेका थिए। अधिवेशनले विधान संशोधनसमेत पारित गर्दै विधान मस्यौदा समिति संयोजक विष्णु चालिसे तथा समितिका सदस्य गंगा ढकाल, प्रविण ओझा, रेशम खड्का र राम प्रसाद पन्थीप्रति आभार व्यक्त गरेको थियो।

निर्वाचन समितिका संयोजक रविन्द्र शर्मा, सदस्य शेखर कंडेल र सदस्य कल्पना गुरुङको टिमले अधिवेशनलाई पारदर्शी, विधिसम्मत र मर्यादित ढंगले सम्पन्न गरेको भन्दै विशेष प्रशंसा गरिएको थियो।

कार्यक्रममा संस्थापक तथा पूर्व अध्यक्षहरू रणबहादुर केसी, विष्णु चालिसे, प्रविण ओझा, गोविन्द खरेल, हिरा सापकोटा, रविन्द्र शर्मा, महिला समूहकी अध्यक्ष विष्णु खरेल, निबर्तमान अध्यक्ष निरु चालिसे, पूर्व अध्यक्ष कल्पना गुरुङ तथा आजीवन सदस्यहरूको उल्लेख्य उपस्थिति थियो। अतिथि रूपमा सहभागी लेस्टर समाजका पूर्व तथा वर्तमान पदाधिकारीहरूले पनि नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

स्वास्थ्य कारण घुँडाको अपरेशनपछि बेडरेस्टमा रहेका उपाध्यक्ष रेशम खड्काले घरमै बसेर अन्तिम क्षणसम्म समितिका महत्वपूर्ण काममा सहकार्य गरेको भन्दै अधिवेशनले विशेष सम्मान व्यक्त गरेको थियो।

निर्वाचन समितिका संयोजक शर्मा द्वारा शपथ दिलाइसकेपछि नयाँ पदाधिकारीहरूलाई अतिथि, पूर्व अध्यक्ष तथा आजीवन सदस्यहरूले अबिर र खादा लगाएर स्वागत एवं सम्मान गरे। कार्यक्रमको पहिलो चरण लोकनाथ अधिकारी र दोस्रो चरण शेखर कंडेलले सञ्चालन गरेका थिए।

सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै नटिङ्घम नेपाली समाज यूकेको अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको घोषणा गर्दै कार्यक्रम सम्पन्न भएको थियो।