जेनी भट्टराई,
लण्डन ।
एक नयाँ अध्ययन अनुसार, स्नातक तहका आधा भन्दा बढी विद्यार्थीले बेलायती विद्यार्थीले भन्दा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले बढी मेहनत गर्छन् भन्ने ठान्दछन्।
१००० भन्दा केही बढी विद्यार्थी मध्येबाट करिब ५४% ले उच्च शिक्षा नीति अध्ययन संस्थानको पक्षमा मतदान गरे र उच्च शिक्षा प्रतिष्ठानको बेलायती भन्दा बाहिरका विद्यार्थीले पढाइमा बढी परिश्रम गर्ने बुझाइ छ। जुन २५ तारिखका दिन सार्वजनिक भएको नतिजा अनुसार, केवल ४% ले मात्रै बाहिरका विद्यार्थीले कम मेहनत गर्छन् भन्ने धारणा राखे, जब कि एक-तिहाई (३३%) ले उनीहरू बेलायती विद्यार्थी सरह नै मिहिनेती भएको जिकिर गरे।
करिब दुई-तिहाई (६३%) ले आप्रवासी विद्यार्थीलाई मिहिनेती भएको ठानेका छन्, जसमा रसेल ग्रुप विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू अझ बढी सकारात्मक देखिए। युथसाइटले गत महिना गरेको सर्वेक्षणको नतिजा अनुसार केवल २% ले मात्रै आप्रवासी विद्यार्थीहरू बेलायती भन्दा अल्छी भएको ठानेको देखाउँछ। सो प्रतिवेदनका अनुसार, सर्वेक्षण गरिएका – जसमा १३७ जना आप्रवासी विद्यार्थीहरू पनि पर्दछन् –
स्नातक तहका विद्यार्थीहरू पनि आप्रवासी विद्यार्थीहरूबाट सिक्ने परिवेशमा भएको योगदानप्रति प्रायः सकारात्मक रहेको पाइएको छ। हरेक चार मध्ये केवल एक जना विद्यार्थीले मात्रै आप्रवासी विद्यार्थीमाथि प्राध्यापकले बढी ध्यान दिनुपर्ने (२६%) वा भाषाका कारणले कक्षामा सुस्तता आएको बताएका छन् (२५%), जब कि दुई-तिहाई (६५%) ले आप्रवासी विद्यार्थीका कारण शैक्षिक छलफलको स्तरलाई घटाउँछ भन्नेमा असहमत देखिएका छन्।
हेपीका निर्देशक, निक हिलम्यान भन्छन्, “आप्रवासी विद्यार्थीले स्वदेशी विद्यार्थीको अनुभवलाई हानी पुर्याउँछन् भनेर डराउने विद्यार्थीहरू गलत हुन्। बरु, तिनीहरूले सहयोग पुर्याउँछन्।” उनी थप्छन्, “आप्रवासी विद्यार्थीको एउटा पर्याप्त संख्या बिना, केही विषयहरूमा कक्षा सञ्चालन गर्नु अमितव्ययी हुन जान्छ, कक्षागत छलफलहरू अधिक मात्रामा सिङ्गो सांस्कृतिक हुन्छन् एवं स्नातकोत्तरहरूको सोच साँघुरो हुन जान्छ।” हिलम्यान भन्छन्, आप्रवासी विद्यार्थीबाट बेलायती विश्वविद्यालयहरूलाई हुने शैक्षिक एवं आर्थिक लाभका कारण विद्यार्थी भिसा सम्बन्धी सरकारको नीतिलाई खुकुलो बनाउनमा मद्दत पुग्न सक्छ। आप्रवासी विद्यार्थीमा हुने वृध्दिबाट राजस्व उठाउने विशाल लक्ष्य राखेको अवस्थामा, विद्यार्थी भिसामा थप कडाइ गर्ने कन्जर्भेटिभ पार्टीको सन् २०१५ को घोषणापत्रमा गरिएको अठोट एवं टोरीको कूल आप्रवासी संख्यालाई हरेक वर्ष १,००,००० भन्दा तल कायम राख्ने लक्ष्यले यसमा काम गरेको देखिन्छ। हिल्म्यान भन्छन्, “ग्रृह मन्त्रालयले एकातर्फ आप्रवासी विद्यार्थीको संख्यालाई घटाउन खोजिरहेको देखिन्छ भने अर्कोतिर सबैले यसलाई बढाउन खोजेको पनि देखिन्छ। हामी विद्यार्थी अंगहरूमा विविधता भएकोमा हासिल हुने फाइदाहरूमाथि जोड दिएर उक्त दोधारको अवस्थालाई चिर्न चाहन्छौं।” उक्त अध्ययनले अधिकांश (७५%) विद्यार्थीहरूले तिनका प्राध्यापकहरू अन्य देशबाट भए/नभएकोप्रति त्यति चासो नराखेको पनि देखाएको छ।
बेलायती विश्वविद्यालयहरूमा बढ्दो अन्तर्राष्ट्रियकरणबारे बोल्दै, HEA की कार्यकारी प्रमुख, स्टेफानी मार्सल भन्छिन्, “अन्तर्राष्ट्रिय अनुभव मार्फत हासिल हुने संस्कृति, सहिष्णुता तथा बुझाइको अत्यधिक मिश्रणले विद्यार्थीमा विश्वस्तरको नागरिक भएर योगदान गर्ने क्षमताको विकास गर्दछ।” उनी थप्छिन्, “अन्तर्राष्ट्रिय विविधतायुक्त विद्यार्थीको एउटा संरचनाका – शैक्षिक, आर्थिक एवं सांस्कृतिक हिसाबले – विद्यार्थी स्वयं एवं उच्च शिक्षा दिने समग्र संस्थाको निम्ति समेत धेरै फाइदाहरू छन्।”







