अन्तर्राष्ट्रिय धादिङ समाजमा ७ संरक्षक र २५ सल्लाहकार मनोनित को-को परे ?

लण्डन । अन्तर्राष्ट्रिय धादिङ समाजले आफ्नो संगठनलाई पूर्णता दिएको छ । नयाँ कार्यसमिति गठन गरि नयाँ योजनाका साथ अघि बढेको संस्थाको बैठकले ७ सदस्यीय संरक्षक समिति र २५ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो।

यसरी संरक्षक समितिमा समाजका निवर्तमान अध्यक्ष नानु काजी अर्याल, प्रा.डा. पदम सिमखडा, प्रा.डा. अर्जुन अर्याल, लोक प्रसाद दाहाल, रामशरण सिमखडा, आर.के. त्रिपाठी, अर्जुन धरेल मनोनित भएका छन् ।

यसैगरी समाजले २५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ। जसमा मनोज गोर्खाली, उल्का घिमिरे ,भूबन गुरुङ, प्रकाश धमला, कृष्ण प्रसाद तिमल्सेना, डा. प्रताप छत्कुली, किरण अधिकारी, डा. कमल अर्याल, बिराज भट्ट, निराजन गौली, भवानी तिवारी, कृष्ण खनाल, चिज कुमार तामांग, बाल कृष्ण श्रेष्ठ, प्रमोद भट्ट, तेज अर्याल, रबिन्द्र अधिकारी, कृष्ण न्यौपाने, केशब अधिकारी, आरबि घले, दिवाकर पाण्डे, सुजन अधिकारी, सीता अर्याल, नर बहादुर घले, मनोज थापा रहेका छन् ।

कार्यसमितिको यस अघिको बैठकले संरक्षक समिति तथा सल्लाहकार समिति मनोनित प्रक्रियामा सस्थाका अध्यक्ष राजन खकुरल र महासचिव राजेन्द्र श्रेष्ठलाई जिम्मेवारी दिएको थियो। १० अक्टोबरमा सम्पन्न भएको महाधिवेशनले राजन खकुरालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको थियो।

अन्तराष्ट्रिय धादिङ समाज धादिङबाट विभिन्न पेशा तथा व्यावसायको लागि विश्वभर छरीएर रहेका नेपालीहरुको साझा संगठन हो।समाजले स्थापनाका शुरुवाती समयदेखि नै जिल्लाका विभिन्न स्थानमा थुप्रै परोपकारी काम गरिसकेको छ ।

विशेष गरी समाजले विपत्ती परेको समयमा वा अन्य प्राकृतिक प्रकोपको बेलामा मातृभुमिलाई सहयोग गर्दै आईरहेकोछ।संगठनले पूर्णता पाएसँगै समाजका अध्यक्ष राजन खकुरालले संस्थाले निर्दिष्ट गरेका उद्देश्यहरु पूरा गर्न एकबद्ध भएर अघि बढिने लण्डन नेपाल न्यूजलाई बताए।