लन्डनको फेल्थममा गोर्खा भीसी कपको व्यापक तयारी

लन्डन । बीर गोर्खाहरुको सम्झनामा प्रत्येक वर्ष आयोजना हुने भीसी कप यसपटक शनिबार अर्थात् जुलाई ६ तारिखमा लन्डनको फेल्थम शहरमा आयोजना हुने भएको छ । बहादुरको पनि बहादुर १३ जना बीर गोर्खालीलाई बेलायत सरकारले भिसी (भिक्टोरिया क्रस) को तक्मावाट विभूषित गरिएको थियो ।

अदम्य साहसी बीर गोर्खालीको सम्झनास्वरुप प्रतियोगिता आयोजना गरिन्छ । शनिवार Gurkha Nepalese Community London Borough of Hounslow (GNCH) जीएनसीएच (गोर्खा नेपलिज कम्युनिटी लण्डन वरो अफ हन्स्लोले)  मेमोरियल परेडसहित फुटवल प्रतियोगिता आयोजना हुनेछ ।

कार्यक्रममा सांसद, मेयर, काउन्सिलर, सैन्य उच्च पदमा पुग्न सफल गोर्खाली लेप्टेन्ट, कर्णल, पल्टनमा कार्यरत सबै गोर्खा मेजर र गोर्खाली भ्याटरेनको बिशेष उपस्थिति रहने लण्डनको हन्स्लो काउन्सिलको हानवर्थ वडाबाट विजयी पूर्व डेपुटी मेयर तथा दोश्रो पटक निर्बाचित काउन्सिलर विष्णु गुरुङले जनाएका छन् ।

पाईपर र ड्रमसहित आर्मी क्याडेट साथै गोर्खाली भ्याटरेनले सम्झना स्वरुप परेड, रोयल ब्रिटिश लियजनबारे जानकारी टेन्ट, आर्मी फोर्सेस च्यारिटी साफाबारे जानकारी टेन्ट, नेपाली परिकार खानाको टेन्ट, ताईक्वान्डो सो, स्थानीय नेपाली कलाकारबाट सांगीतिक कार्यक्रम आयोजना गरिएको छ ।

उक्त कार्यक्रममा लन्डनमा बसोबास गर्ने नेपाली समुदायलाई सहभागिताका लागि आयोजक सहित गोर्खा नेपलिज कम्युनिटी हन्स्लोका सचिब बम बहादुर सुर्यबंसी मगरले अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *