महाशिवरात्री पर्वको अवसरमा सिन्धुलीको कुशेश्वर दुम्जामा रहेको कुशेश्वर महादेव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक काठमाडौंलगायतका विभिन्न स्थानका भक्तजनले सुनकाशी र रोशी नदीमा स्नान गरी पूजा–अर्चना गरिरहेका छन् । सिन्धुली, रामेछाप र काभ्रेपलाञ्चोक जिल्लाको सीमामा रहेको कुशेश्वर महादेवस्थान सुनकोशी नदी र रोशी नदीको संगममा पर्दछ ।
उता, दोलखाको सुनखानीस्थित कालीनाग मन्दिरमा शिवरात्रीकै अवसर पारेर मंगलबार साँझ दुई करोड दीप प्रज्जवलन गरिँदैछ । २५ गतेदेखि गरिँदै आएको महाशिवपुराण र महारुद्रीको समापन पनि मंगलबारै गरिँदैछ ।
यस्तै, नुवाकोटको राउतबेसी र शिखरबेसी गाविसको सीमामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको मेला लागेको छ । शिवरात्रीका अवसरमा स्याङ्जाको छाङ्छाङ्दी मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । पर्वतको गुप्तेश्वर गुफालगायत धौलागिरिका शिवालयहरुमा पनि भक्तजन पुगेका छन् ।
पाल्पाको शिद्धबाबा मन्दिरमा लुम्बिनी अन्चलका पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देहीलगायत तथा भारतबाट समेत दर्शन गर्न श्रद्धालु पुगेका छन् । रुपन्देहीको नरेनापुरस्थित नरेश्वर महादेव बोलबम धाम परिसरमा पनि विशेष मेला सुरु भएको हाम्रा संवाददाताहरुले जनाएका छन् ।
शिवरात्रीमा देशभर उल्लासमय






