बाढी विस्थापितको बिजोग : न खाद्यान्न, न अत्यावश्यक औषधि

बाढीबाट बिस्थापित बस्तीका बालबालिका तथा बृद्धबृद्धा बिरामी पर्न थालेका छन् ।

कतै औषधीको खाँचो छ त कतै खाद्यन्नका लागि कोलहाल ।

एकातिर स्थानीय प्रशासनले पाँच दिन बित्न लाग्दा पनि राहत र बचाउको प्रभावकारी व्यवस्थापन गर्न सकेको छैन । भने अर्कोतिर राहतको नाममा कमसल सामग्री वितरण गरिएका गुनासो पनि उत्तिकै सुनिएको छ ।