शिब भण्डारी
लन्डन । बेलायतको मिडल्याण्ड क्षेत्रस्थित नटिंघम शहरमा नेपाली समाज नटिंघमद्वारा आयोजना गरिएको “तेस्रो मिडल्याण्ड नेपाली मेला २०२५” सोमबार (११ अगस्ट) मेलवोर्न पार्कमा भव्यताका साथ सम्पन्न भएको छ।
उक्त मेलामा मिडल्यान्डका १० सस्थाले आर्थिक भौतिक सहभागिता भयपनी स्कटलान्ड वेस्ल्स लगायत लन्डनका सस्थाहरूको समेत सहभागीता रहेको थियो । 
नेपाली संस्कृति, कला र राष्ट्रीय खेलकूद भलिबल लगायत बिभिन्न खेलकुदको अद्वितीय मिश्रण बनेको यस मेला बेलायतका विभिन्न शहरका नेपालीहरू भेला भएका थिए ।

कार्यक्रमको उद्घाटन नटिंघमशायरका सांसद तथा प्रमुख अतिथि एलेक्स नोरिस ,बेलायतकी पहिलो एशियाली महिला प्रहरी अधिकृत गुरमित कौर, सस्थापक अध्यक्ष रण केसी उद्घाटनमा आउन ढिला भएकोले पुर्ब अधक्ष्य प्रबिण पान्डे, बिश्णु चालिसे र अधक्ष्य राम प्रसाद पन्थीद्वारा पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो।
हेल्थ एण्ड सेफ्टीको कार्य पूर्वअध्यक्ष विष्णु चालिसेले सम्हाल्नु भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव रेशम खड्काले गर्नुभएको थियो।
स्वागत मन्तव्य उपाध्यक्ष लोकनाथ अधिकारीले दिनुभयो। कार्यक्रममा गोविन्द खरेल, महेश अधिकारी, सुरेश केसी, दिवाकर पाण्डे र दयानिधि , सापकोटा लगायतले शुभकामना मन्तव्य दिएका थिए।
अध्यक्ष रामप्रसाद पन्थीले समापन सम्बोधन गर्दै मेलालाई सफल बनाउन सस्थाका सस्थापक अधक्ष्य रण केसी लगायत भूपू अधक्ष्य प्रवीण ओझा ,बिष्णू चालीसे,गोबिन्द खराल , दिपक सापकोटा निवर्तमान अधक्ष्य रविन्द्र शर्र्मा लगायत ,नटिंघम महिला समुहकी अध्यक्ष्य निरु चालिसे, निवर्तमान इङल्यान्ड राज्यसमितीका अधक्ष्य शम्भू अर्याल र सल्लाहकार शेखर कडेल , लाल थापा , ट्रष्टी गगां ढकाल को जम्बो टिम लगायत समिति, उपाध्क्ष्य लोकानाथ अधीकारी र मूकून्दहरी खराल स्वयंसेवक, कोर्डीनेटर यज्ञ डूम्रे भलीबल सयोंजक तथा कोषाधक्ष्य रबिन्द्र गिरी,दर्बी बाट दिप ज्योती नौमती बाजा र सम्पूर्ण प्रायोजक, कलाकार र दर्शक–श्रोताप्रति आभार प्रकट गर्नुभयको थियो।

सांगीतिक प्रस्तुति दिने राष्ट्रिय कलाकार अर्जुन कुँवर, शिला आले, बाल चन्द्र बराल, कृष्ण रेउले र सिता परियार लगायतका गायक–गायिकाले लोकप्रिय गीत प्रस्तुत गरेर दर्शकलाई मन्त्रमुग्ध पारे। साथै, स्थानीय कलाकार सूदिप उप्रेती लगायत स्थानिय प्रतिभा र विभिन्न नेपाली संघ–संस्थाका सदस्यहरूले पनि नृत्य, गायन र र्याप प्रस्तुत गरेका थिए। कार्यक्रममा सल्लाहाकार डिलाराम गौतमको खेलकुद तर्फ महत्यपूर्ण भूमिका रहेको थियो।
मेलामा सम्पन्न मैत्रीपूर्ण भलीबल प्रतिबयोगितामा पहिलो शान्ती समाज वेलायत र दोश्रो गल्कोट समाज यूके बिजयी भएको हो ।

मेलामा खेलकुदतर्फ भलिबल, फुटबल, लठ्ठो तान्ने, घैंटो फुटाउने, कपल दौडजस्ता प्रतिस्पर्धा खेल भयका थिय बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको उत्साहपूर्ण सहभागिता रह्यो। नेपाली परिकारका स्टलहरू, कला–कौशल प्रदर्शनी र पञ्चे बाजाले मेलाको वातावरणलाई अझ रमाइलो बनाएको थियो। 



राफल ड्रको पहिलो पुरस्कार अनुग्रह ज्वेलर्सको तर्फबाट प्रदान गरिएको £300 बराबरको आकर्षक Gurkha Wrist Watch रहेको थियो। भने दोस्रो पूरस्कार काठमान्डौ गोर्खा रिप्ली र केलेक्रस ले सूनको गहना स्पोन्सर गरेको गरेको थियो मेलामा बेलायतभरका NRNA यूके का महीसचिव दिवाकर पान्डे बिभिन्न पदाधिकारी लगायत NRN uk राज्य समिति अधक्ष्य राममाया थापा बिस्ट लगायत संघ–संस्थाको सहकार्य र उपस्थिती उल्लेखनीय रह्यो। 








































