६० अनाथ बच्चाको भबिष्य खोज्दै लन्डन आइपुगे संयुक्त अपांग केन्द्रका अध्यक्ष तिल बहादुर कार्की र डा. पिया रत्न महर्जन

लन्डन- संयुक्त अपांग एकता आवाज केन्द्रका संस्थापक तथा अध्यक्ष तिल बहादुर कार्की लन्डन आएका छन् । कार्कीसँगै समाजसेवी डा. पिया रत्न महर्जन पनि लन्डन आइपुगेका छन् ।

लन्डनस्थित हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा कार्की र महर्जनलाई दाइको रेकर्ड्स एबम शिव शम्भु यूनिटी ग्रुप युके नेपालका प्रमुख समाजसेबी युवा ब्याबसायी निल पुन,वरिष्ठ समासेवी नारायण प्रसाद गुरुङ,बेलायतका समाजसेवी संगीतकार (राजशान्ति)राजकुमार सुनार लगायतको टोलीले बिहीबार साँझ स्वागत गरेको छ ।

करिब ६० जना अपांगता भएका बालबालिकाको भवन निर्माणका लागि आवश्यक सहयोग जुटाउने संयुक्त अपांग एकता आवाज केन्द्रका अगुवाहरू लन्डन आएका हुन् ।

भवन निर्माण सम्पन्न भएपछि बालबालिकाहरूको शिक्षा, स्वास्थ्य सेवा र आवास सुविधामा थप सुधार ल्याउन सहज हुने कार्कीले बताए । उनले यूकेमा रहेका नेपाली समुदायका प्रतिनिधि, समाजसेवी र दाताहरूसँग भेटघाट गरी सहयोग संकलन गर्ने योजना रहेको जानकारी दिए ।

संयुक्त अपांग एकता आवाज केन्द्रले विगतदेखि नै अपांगता भएका बालबालिकाको शिक्षा, पुनर्स्थापना र आत्मनिर्भरता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले काठमाडौंमा ५६ जना अनाथ र अपांगता भएका बालबालिकालाई आश्रयसँगै शिक्षा प्रदान गर्दै आएको छ।

निल पुन,राजशान्ति र गुरुङले कार्कीको सामाजिक सेवाप्रति प्रशंसा व्यक्त गर्दै भवन निर्माण अभियानमा यथासम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए।