शिब भण्डारी
लन्डन । बेलायतको स्कटल्यान्डमा पहिलोपटक आयोजना गरिएको ‘नेपाली मेला २०२५’ भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्कटल्यान्डका कानून मन्त्री तथा वरिष्ठ राजनीतिज्ञ लगायतको उपस्थिति थियो ।

लन्डन । बेलायतको स्कटल्यान्डमा पहिलोपटक आयोजना गरिएको ‘नेपाली मेला २०२५’ भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्कटल्यान्डका कानून मन्त्री तथा वरिष्ठ राजनीतिज्ञ लगायतको उपस्थिति थियो ।



नेपाली राजदूतावास लन्डनको सहकार्यमा जुन २३ का दिन वेष्ट प्रिन्सेस स्ट्रिट गार्डेन्स् एडिनबरामा सम्पन्न मेलामा बेलायत भरि बाट ठूलो संख्यामा नेपाली समुदायको उत्साहजनक उपस्थिति देखिएको थियो।

नेपाली कला, संस्कृति, भाषा, भेषभूषा र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस मेलामा परम्परागत नेपाली नृत्य, लोकगीत, पहिरन, परिकार, हस्तकला तथा पर्यटन सूचना केन्द्र लगायतका विविध कार्यक्रमहरू प्रस्तुत गरिए। बालबालिकाका लागि रमाइला खेलकुद तथा गतिविधिहरूले मेलामा परिवारहरूलाई आकर्षित गरे।

कार्यक्रममा उपस्थित नेपाली राजदूत घिमिरेले पहिलोपटक स्कटल्यान्डमा नेपाली मेला गर्न पाएकोमा खुसी व्यक्त गर्दै लण्डन नेपाल न्यूज सँग बोल्दै भने, “नेपाली संस्कृति विश्वसामु चिनाउने यो पहल ऐतिहासिक छ।आगामी दिनमा बेलायतका अन्य सहरहरूमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्नेछौं।” उनले बेलायतभरिका नेपालीलाई आफ्नो मौलिकता जोगाउँदै आपसी सद्भावमा जोड दिन आग्रह गरे।

कार्यक्रममा बीबीसी नेपाली सेवाका पूर्वपत्रकार सुमन खरेलसहित चर्चित कार्यक्रम सञ्चालकद्वय विजय डंगोल र कमला श्रेष्ठले उदघोषण गरेको कार्यक्रममा गायिका सुनिता दुलाल, धिरज राई, भूमिका शाह लगायत स्थानीय कलाकारले गीत संगीत प्रस्तुत गरेका थिए ।

दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीलगायत दूतावासका अधिकारीहरूले मेलास्थलमै राहदानी तथा कन्सुलर सेवा उपलब्ध गराएको थियो। दुवाडीले आगामी दिनमा पनि यस्ता सेवालाई निरन्तरता दिने जानकारी दिए ।सेवा प्राप्त गरेका धेरै नेपाली सेवाग्राहीहरू खुसी देखिन्थे। यस सेवाबाट स्कटल्यान्ड लगायत उत्तर बेलायतका नेपालीहरू विशेष लाभान्वित भएका थिए।
नेपालिज नर्सिङ एसोसिएसन युके स्कटल्याण्ड शाखा पहिलोपटक स्कटल्याण्डमा आयोजित नेपाली मेलामा सहभागी सबैको सद्भाव, सहयोग र सक्रियताले नै कार्यक्रम सफल र गरिमामय बन्न सकेको बताए।
कार्यक्रम एनआरएनए स्कटल्यान्डको अध्यक्ष दिवाकर पाण्डे तथा एनआरएनए यूके केन्द्रिय सदस्य शसि कार्की पहिलो पटक सम्पन्न कार्यक्रममा नेपाली कला संस्कृति र परम्परा उजागर सहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको बताए ।
स्थानीय नेपाली संघसंस्थाहरूको संयुक्त समन्वयमा सम्पन्न भएको थियो। अध्यक्ष पाण्डेले मेलालाई नेपाली समुदायको एकता, गर्व र सांस्कृतिक पहिचानको प्रतिनिधि कार्यक्रमको रूपमा व्याख्या गर्दै वार्षिक रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाए।
स्कटल्यान्डमा पहिलोपटक सम्पन्न यो मेला नेपाली समुदायको सांस्कृतिक अभिव्यक्तिको महत्त्वपूर्ण उदाहरण बनेको छ। मेलाबाट नेपाली समुदायमा आपसी एकता, सामाजिक सञ्जाल विस्तार र नयाँ पुस्तामा संस्कृतिप्रति गर्वको भावना जागृत भएको आयोजकहरूको भनाइ छ। मेलाको सफल आयोजनाले युकेमा नेपालीहरूको सक्रियता र पहिचान अझ प्रस्ट रूपमा उजागर गरेको छ। सहभागीहरूले यस्ता कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई आ-आफ्नो मौलिकता र पहिचानमा गर्व गर्न प्रेरणा दिने बताएका छन्। 


मेलामा खाना स्टल, हस्तकला लगायत नेपाली उत्पादनको शो केस, आआफ्नो समुदायको झांकी, पन्चेबाजासहित सांस्कृतिक प्रस्तुति, नेपाल चिनाउने सामग्री वितरण र परेड ऐतिहासिकरुपमा ‘नेपाल’ झल्कियो ।



मेलामा खाना स्टल, हस्तकला लगायत नेपाली उत्पादनको शो केस, आआफ्नो समुदायको झांकी, पन्चेबाजासहित सांस्कृतिक प्रस्तुति, नेपाल चिनाउने सामग्री वितरण र परेड ऐतिहासिकरुपमा ‘नेपाल’ झल्कियो ।
कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य, लोकगीत, परम्परागत खाना, हस्तकला प्रदर्शनी, पर्यटन सम्बन्धी सूचना केन्द्र, बालबालिकाका रमाइला गतिविधि लगायत विविध समावेश मेलाले स्कटल्यान्ड तथा युकेमा बसोबास गरिरहेका नेपालीबीच सामाजिक सद्भाव, आपसी एकता र सञ्जाल विस्तार गर्न समेत सहयोगगराएको थियो।













