हङकङ । हङकङमा नेपाली कथानक चलचित्र ‘ फाटेको जुत्ता प्रदर्शन भएको छ । दुवै मृगौला पीडित ओमदेवी गुरूङको सहयोर्गाथ २८ जनवरी २०१८ का दिन याउ मा तेईस्थित कम्यूनिटी हलमा नेपाली कथानक चलचित्र ‘फाटेको जुत्ता प्रदर्शन गरिएको हो ।
हङकङ नेपाली युवा संघको आयेजनामा भएको फिल्म प्रदर्शनबाट संकलित रकम नेपाली ५ लाख रुपैयाँ संकलन गरिएको छ । सो रकम कार्यक्रम स्थलमै डमी चेकको रूपमा हङकङ नेपाली युवा संघका अध्यक्ष विक्की गुरूङले पीडितका आमालाई हस्तान्तरण गरेका थिए ।
यसै क्रममा नेपालको स्याङ्जा जिल्लाभित्र पर्ने भिरकोट आठथर तमु समाजमा आवद्ध समाजकै सचिव मुक काजी ९काजी० गुरुङको सक्रियतामा समाजका बिभिन्न ब्यक्तित्वहरु र केही अन्य ब्यक्तित्वहरुबाट संकलित रकम हङकङ डलर १०,८५६ नेरु लगभग १ लाख ५० हजार पनि पीडितलाई हस्तान्तरण गरिएको छ ।






