लन्डन । एनआरएनए अन्तर्गत दुबई क्षेत्रीय समितिले नेपालको सप्तरी जिल्लामा कम्बल बितरण गरेको छ । यूएईमा कार्यरत एक सय जना शुभचिन्तकहरुबाट संकलित रकम एनआरएनए एनसीसी यूएई र आईसीसीको सहयोगमा तराईका जाडो प्रभावित १५० जनालाई कम्बल बितरण गरेको हो ।
एनआरएनए क्षेत्रीय समिति दुबईका अध्यक्ष मदन अधिकारीका अनुसार सप्तरीको अग्निसार्दर गाउँपालिकाका गरीब, जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई प्राथमिकता दएर कम्बल बितरण गरिएको हो ।






