काठमाडौं- नुवाकोटको दुप्चेश्वर गाउँपालिका १ घ्याङडाँडामा मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको स‌ंख्या १८ पुगेको छ ।

मृत्यु हुनेमा १५ पुरुष र ३ महिला छन् । मृत्यु हुनेमा घ्याङफेदीका रिबल तामाङ, आइते तामाङ र शिवरबेंसीका रितेश पण्डित भएको दुप्चेश्वर गाउँपालिका प्रमुख योविन्द्रसिं तामाङले जानकारी दिए ।

शुक्रबार साँझ सोही वडाको सिम्टाङबाट सिसिपु जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो। प्रहरीका अनुसार सिम्टाङमा घेवा (काजक्रिया) मा आएका स्थानीयवासी घर फर्किने क्रममा दुर्घटना परेको हो।

फेसबुक कमेन्ट