सिड्नी,अनु लामा । अंसु र आर्या गिरीको देश भक्तिको भावनाले ओतप्रोत राष्ट्रिय गीत ‘मलाई मेरै देश चिनाउनु छ’ सार्वजनिक भएको छ । २८ जनवरी २०२२, शुक्रबारका दिन भिडियो सहित सार्वजानिक गीतलाई धेरैले प्रशंसा गरेका छन् ।
सूर्यराज गिरीले रचना गर्नुभएको उक्त गीतलाई चर्चित संगीतकार बिपिन आचार्यले संगीत भर्नुभएको छ । विश्वका विभिन्न देश र कुनामा छरिएर रहेका नेपाल र नेपाली माटो प्रती देखाईएको प्रगाड प्रेम उक्त गीतमा सुन्न र हेर्न सकिन्छ ।
प्रवास (नेदरल्यान्ड) मा जन्मिएर हुर्किए पनि नेपाली भाषा, गीत र संगीतलाई जीवन्त राख्ने प्रयास गरेकोले यसले अझै नेपाली जनमानसलाई नेपाल र नेपाली प्रतिको सम्झना ताजा गराईदिएको छ ।
नेपाली बोल्न, लेख्न र नेपालीमै गीत गाउन सक्ने यी बाल कलाकारहरु देखेर बिदेशमा रहेका अन्य बालबालिकाहरुको पनि प्रेरणाको श्रोत बन्न सक्नेछन् । शान्तिका अग्रदुत गौतम बुद्ध देखी लिएर, हिमाल पहाड र तराईको बणर्न गरिएको यस गीतको मधुर धुनले नेपाली मन र मुटुलाई जोड्ने काम गरेको छ ।
स्वदेशगान






