बेलायतमा ऐतिहासिक बन्यो ‘दोस्रो भजन महोत्सव’

शिब भण्डारी
लन्डन । बेलायतमा साझा नेपाली समाज यूकेको आयोजना ‘दोस्रो भजन महोत्सव’ विविध कार्यक्रम सहित सम्पन्न गरिएको छ ।मिडल्यान्डको वुल्भरह्याम्पटन स्थित श्रीकृष्ण मन्दिरमा आयोजित ‘दोस्रो भजन महोत्सव’ ऐतिहासिक बनेको हो।

महोत्सवमा बेलायतका विभिन्न ठाउँ मिडल्यान्ड, लन्डन,स्कटल्यान्ड,वेल्स बर्मिंघम बाट आएका ८ टोलीले भाग लिएका थिए। महोत्सवमा संस्थाका अध्यक्ष दिपक सापकोटाको अध्यक्षता रहेको थियो ।कार्यक्रमका प्रमुख अतिथि स्थानिय मेयर लिन्डा लिच रहेकी थिइन्उनले कार्यक्रमको उद्घाटन गर्दै नेपाली पहिचान संस्कृतिको प्रसंसा गरिन।

डा कृष्ण सापकोटा र ईश्वर रिजालले संचालन गरेको ऐतिहासिक  ‘दोस्रो भजन महोत्सव’ कार्यक्रमका संयोजक एवम् साझा नेपाली समाजका उपाध्यक्ष शिव खरालले महोत्सवमा उपस्थित सहभागिहरुका लागि भजन गाउँदै नाच्दै स्वागत गरेका थिए।

कार्यक्रम आयोजक साझा नेपाली समाजका अध्यक्ष दिपक सापकोटाले प्रवासमा बसेर पनि नेपालको धर्म संस्कृतिको जगेर्ना गर्ने र खासगरी नयाँ पुस्तालाई हिन्दु संस्कार र संस्कृति सिकाउने उद्देश्यले उक्त कार्यक्रम आयोजन गरिएको बताए उनले सबैलाई धन्यवाद दिए।

महोत्सवमा नेपाली कला, संस्कृति, भेषभुषा र मौलिक खानाका परिकार सहित भजन बोल्ने विभिन्न प्रस्तुतीहरु राखिएको थियो । नेपाली मौलिक भेषभूषामा सुसज्जित नेपालीहरुको बाक्लो उपस्थितिले महोत्सवलाई रौनक थपेको थियो ।