लन्डन । बेलायतमा साझा नेपाली समाज यूकेको आयोजना ‘दोस्रो भजन महोत्सव’ विविध कार्यक्रम सहित सम्पन्न गरिएको छ ।मिडल्यान्डको वुल्भरह्याम्पटन स्थित श्रीकृष्ण मन्दिरमा आयोजित ‘दोस्रो भजन महोत्सव’ ऐतिहासिक बनेको हो।
महोत्सवमा बेलायतका विभिन्न ठाउँबाट आएका ८ टोलीले भाग लिएका थिए। महोत्सवमा संस्थाका अध्यक्ष दिपक सापकोटाको अध्यक्षता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि स्थानिय मेयर लिन्डा लिच रहेकी थिइन्उनले कार्यक्रमको उद्घाटन गर्दै नेपाली पहिचान संस्कृतिको प्रसंसा गरिन
डा कृष्ण सापकोटा र ईश्वर रिजालले ऐतिहासिक बनेको ‘दोस्रो भजन महोत्सव’ कार्यक्रमका संयोजक एवम् साझा नेपाली समाजका उपाध्यक्ष शिव खरालले महोत्सवमा उपस्थित सहभागि हरुका लागि भजन गाउँदै नाच्दै स्वागत गरेका थिए।
कार्यक्रमको आयोजक, साझा नेपाली समाजका अध्यक्ष दिपक सापकोटाले प्रवासमा बसेर पनि नेपालको धर्म संस्कृतिको जगेर्ना गर्ने र खासगरी नयाँ पुस्तालाई हिन्दु संस्कार र संस्कृति सिकाउने उद्देश्यले उक्त कार्यक्रम आयोजन गरिएको बताए सबैलाई धन्यवाद दिए।
फेस्टिभलमा नेपाली कला, संस्कृति, भेषभुषा र मौलिक खानाका परिकार सहित भजनबोल्ने विभिन्न प्रस्तुतीहरु राखिएको थियो । नेपाली मौलिक भेषभूषामा सुसज्जित नेपालीहरुको बाक्लो उपस्थितिले महोत्सवलाई रौनक थपेको थियो ।






