
बेलायतका चान्स्लर जर्ज ओस्बर्नले हिजो २०१५ सालको बजेट भासन प्रस्तुत गरे। जस अन्तर्गत धेरै सुबिधाहरुमा कटौती गरिएको छ र कर बढी तिर्नु पर्ने प्राबधान छ। वार्शिक ११ हजार आम्दानी भएका हरुले अर्को बर्ष देखि कर तिर्न नपर्ने ,अर्को बर्ष देखि न्यूनतम ज्यला ७ ।२० र २०२० देखि ९ ।० हुनेछ। एक परिबार ले बार्सिक २६ हजार पाउन्ड भन्दा बढीको सुबिधा पाउने छैन।जस अनुसार लन्डन भित्र बार्सिक २३ हजार र लन्डन बाहिर बार्सिक २० हजार रहेको छ।
बार्सिक २१००० पाउन्ड आम्दानी हुने ले पाउने विद्यार्थी भत्ता २०१६ देखि ऋणको रुपमा प्रधान गर्ने।सुरक्षाको लागि १ ।५अर्ब को सुरक्षा कोष स्थापना गर्ने। १८ देखि २१ बर्षका ले घर लिनको लागि पाउने रकम (सुबिधा) नपाउने। नेसनल हेल्थ सेवाको लागि २०२० सम्ममा ८ अर्ब छुट्टाएको र जस् मद्दे २ अर्ब दिने घोषणा गरिसकिएको छ।
जोर्ज ओस्बोर्न्का अनुसार यो बजेट काम गर्ने परिवारको लागि भएको र जनतको हितमा भएको। उनले अगामी २०२० सम्म १० लाख रोजगारको सिर्जना हुने बताए।हिजो भएको बजेट भासण ले साधारण जनता लाई अझ मारमा पारेको र यो बजेट आर्थिक नभए राजनीतिक भयो धारणा लेबरक अन्तरिम नेतृ हेरियट हर्मनको भनाइ छ।







