इस्लामिक स्टेटका लडाकुहरुद्धार २० गाउँलेको गोली हानी हत्या

islam

सिरिया । चरमपंथी समुह इस्लामिक स्टेटका लडाकुले सिरियाको कोबान शहरमा आक्रमण गरेका छन । सांकेतिक रुपमा आइएसले कोबान शहरमा हार व्यहोरेको भनिएको केही महिना पछि आइएस लडाकुले आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।

आइएसले कुर्दिस लडाकु संगको झडप र दुई वटा कार बम बिस्फोट गराएको अधिकारीले बताएका छ । जसका कारण ३० जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन । आइएसले २० जना गाउलेको गोली हानी हत्या गरेको अधिकारकर्मीले बताएका छन । आइएसले कोबानमा केही समय अघि कुर्दिश लडाकु संग हार व्यहोरेको थियो । अमेरिकी नेतृत्वको गठबन्धन सेनाको सहयोगमा कुर्दिश लडाकुले कोबानमा आइएस बिरुद्ध लडाइ लडेका थिए ।

चार महिना सम्मको लडाइ पछि कुर्दिश लडाकु कोबान शहर आइएसबाट खोस्न सफल भएका थिए । त्यस समय अन्तर्राष्ट्रिय संचारमाध्यममा कुर्दिशको सफलताले उच्च प्राथमिकता पाएको थियो । तर बिहीबार भएको संघर्षपछि आइएसले सिरियाको उत्तर पुर्वी शहर हस्साकेहको धेरै भाग कब्जामा लिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन । हस्साकेह उत्तर पुर्वी सिरियाको सवैभन्दा ठुलो शहर हो ।

करिब ५ लाख मानिसको बसोबास भएको यस शहरमा संघर्ष सुरु भएयता हजारौ मासिन बिस्थापित भइसकेका छन । आइएसले कोबानमा कुर्दिश लडाकुको पोशाक लगाएर आक्रमण गरेको उल्लेख गरिएको छ ।