लण्डन । बर्न्टओक नेपाली समाजको वार्षिक साधारणसभा गत शनिबार सम्पन्न भयो।
सभाको शुरुमा समाजका महासचिव मोहनजंग गुरुङले सबै सदस्य तथा पदाधिकारीहरुलाई स्वागत गर्दै समाजको गत एक वर्षको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। उहांले गत एक वर्षको अवधिमा समाजले भूकम्प पीडितहरुलाई सहयोग, देउराली सांझ, गृष्मकालिन भेटघाट, दशैं, तिहार कार्यक्रम, नेपाली कक्षा जस्ता कार्यक्रमहरु सन्चालन गरेको जनाउनुभयो।
समाजका उपाध्यक्ष टेकमान गुरुङले विधान संशोधनहरु प्रस्तुत गर्नभएको थियो। सहायक कोषाध्यक्ष ढकबहादुर रानामगरले समाजको आयव्ययको विवरण दिनुभएको थियो। त्यसैगरी महिला कोअर्डिनेटर श्रीमती कमला गुरुङले आमा समूहको गतिविधिबारे तथा केरजङ गुरुङले देउराली साँझका बारे रिपोर्ट प्रस्तुत गर्नुभएको थियो।
सभाले आउंदो वर्षकालागि विभिन्न कार्यक्रमहरु पनि पारित गरेको छ। समाजका पूर्व अध्यक्ष लक्ष्य गुरुङले आगामी दिनमा पनि सबै सदस्यहरुलाई सकृय भएर समाजका गतिविधिहरुमा सहभागी हुन आग्रह गर्नभएकेा थियो। समाजका अध्यक्ष रमेश गुरुङले सबै सहभागीहरुलाई धन्यवाद दिनुहुँदै आगामी दिनहरुमा पनि सबैको सहयोग पाइरहने विश्वास व्यक्त गर्नुभएको थियो। सो सभामा समाजका झण्डै तीसजना सदस्यहरुले भाग लिनुभएको थियो।







