रेडिङ गोर्खाको च्यारिटी कार्यक्रम सम्पन्न :

SAMSUNG CSC

रेडिङ,

रेडिङ एक्स ब्रिटिश गोर्खा एसोसिएसनले सन् २०१० साल मा संस्थालाई च्यारिटी कमिसन मा दर्ता गरि विभन्न च्यारिटीका कार्यक्रम गर्दै आएको छ । एसोसिएसनले कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ ।

SAMSUNG CSC
SAMSUNG CSC

गत ४ जुलाई वेरहाउसमा भएको रेडिङ गोर्खाको च्यारिटी कार्यक्रम अध्यक्ष बालकृष्ण राईको अध्यक्षतामा सम्पन्न  गरियो । यो वर्ष संकलित रकम नेपालका भुकम्प पीडितलाई सहयोग गर्ने र रेडिङ मेयर च्यारिटी फन्डलाई पनि सहयोग उपलब्ध गराएको छ ।  गत बर्ष च्यारिटीबाट संकलित रकम कमनी क्यार र ब्रिटिश लिजन जस्ता संस्थालाई सहयोग गरेको थियो । कार्यक्रममा प्रमुख अतिथी रेडिङ मेयर काउन्सिलर साहरा जाने हाक्की थिइन् भने विभिन्न संघसंस्थाका प्रतिनिधिको पनि सहभागीता थियो । कार्यक्रममा अतिथीलाई पाइपरको धुनमा मुख्य हलमा भित्र्याइएको थियो ।

कार्यक्रम नेपाल भुकम्पमा ज्यान गुमाएको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरियो । अध्यक्ष राई र प्रमुख अतिथीले पानसमा बत्ती बालेर कार्यक्रम सुरुवात गरे । कार्यक्रममा सहभागी हुन पाउँदा अतिथि मेयर काउन्सिलर साहराले खुशी व्यक्त गरिन् । उनले गोर्खालाई आफूले सक्दो सहयोग गर्ने बताइन् । कार्यक्रममा संकलित रकम बाट २ सय ५० पाउन्डको चेक मेयर  च्यारिटी फन्डका लागि मेयर काउन्सिलर साहरालाई सोही दिन हस्तान्तरण गरिएयो ।

संस्थाका उपाध्यक्ष महेन्द्र गुरुङले कार्यक्रममा झन्डै १ हजार ४ सय पाउन्ड संकलन भएको र यस अगाडि पनि ताउन सेन्तर र स्कुलमा गरिएको कार्यक्रमबाट बाट पनि केही रकम संकलन भएको जानकारी दिए । संकलित रकममध्ये ५ लाख जती रुपैयाँ  भुकम्प पीडित  रेदिङ बासी गोर्खा  सदस्य हरु को गाउ ठाउँ तिर हस्तान्तरण गर्ने अध्यक्ष राईले जानकारी दिए । महासचिव धन रानाले कार्यक्रम सञ्चालन गरेका थिए भने  सांस्कृतिक कार्यक्रम रोशन मनि राईले चलाएका थिए ।