सिड्नी । नेपालीपन र नेपाली मौलिकता बोकेको नेपाल फेस्टिबल सिड्नी २०२४ भव्य रुपमा सम्पन्न भएको छ । गैर आवासिय नेपाली संघ एनआरएनए अष्ट्रेलियाले हरेक २ वर्षमा आयोजना गर्दै आएको कार्यक्रम यसवर्ष २३ नोभेम्बर सिड्नीको डार्लिङ हार्बरमा उल्लेख्य दर्शक, अतिथिहरुको सहभागीतामा भव्य रुपमा सम्पन्न भएको हो । कार्यक्रमको सुरुवातमा टाउन हलबाट विभिन्न झाँकी, बाजागाजा र नेपाली पहिरनमा सुसज्जित नेपालीहरुको उपस्थितिमा सांस्कृतिक परेड गरिएको थियो ।
वृहत रुपमा नेपाली जनसमुदायको उपस्थिति रहेको परेड कार्यक्रम स्थलमा पुगी सम्पन्न गरिएको थियो । मध्यान्ह १२ बजेदेखि सुरु भएको कार्यक्रम स्थलमा राखिएका ३५ वटा स्टलहरु मध्ये विभिन्न नेपाली खानाका परिकारहरु, नेपालका चिनारी समेटिएका सामाग्री, नेपालका विभिन्न कृति कौशलले समग्र नेपालको प्रतिनिधित्व गरेका थिए । समग्र नेपालनै झल्किने गरी राखिएका विभिन्न सामाग्री सहित, नेपाली झण्डा र नेपाली पहिरनमा सजिएकाहरुले निकै उत्साहका साथ कार्यक्रममा सहभागीता जनाएका थिए । त्यस्तै नेपाल हाउसमा धरहरा, पशुपति मन्दिर, बौद्ध स्तुपा लगायतका नेपालका ऐतिहासिक धरोहरहरुका प्रतिमा समेत राखिएको थियो ।
यसवर्षको नेपाल फेस्टिबलमा ईतिहासमै पहिलो पटक अस्ट्रेलियाका प्रिमियर क्रिम मिन्सको पनि सहभागीता रहेको थियो । उनले यस्ता महोत्सवले दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने भन्दै नेपाल र नेपालीहरुका बारेमा बझ्न पनि मद्धत पुग्ने बताए । त्यस्तै कार्यक्रममा लिबरल पार्टीका प्रमुख मार्क स्पिकम्यान, न्यूसाउथ वेल्स राज्यका बहुसांस्कृतिक मन्त्री स्टीभ काम्पर लगायतको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले महोत्सव ऐतिहासिक बनेको भन्दै एनआरएनएले नेपालको कला, संस्कृतिको प्रवद्र्धन संगै नेपालीहरुका सुख दुखमा पनि सदैव सारथी अगाडी बढेको बताए ।
त्यस्तै भिक्टोरिया राज्यका लागि नेपाली महावाणिज्यदूत निराजन गौली, एनआरएनए ओसिनिया क्षेत्रिय संयोजक दिनेश पोखरेल , एनआरएनए ओसिनियाका पुर्व क्षेत्रिय संयोजक दिनेशराज जोशी, नेपाल फेस्टिभल आयोजक समितिका संयोजक एवं एनआरएनए उपाध्यक्ष विनोद कुँवर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
दुई शत्रमा सञ्चालन भएको कार्यक्रमको पहिलो शत्र औपाचारिक कार्यक्रमसंगै दोश्रो शत्रमा नेपालबाट आएको सांगीतिक समूह ’द एक्स’ सहित गायक हेमन्त शर्मा, गायिका आस्था राउत लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रमको सञ्चालन महासचिव सन्तोष कुँवर र न्यू साउथ वेल्स सचिव कल्याण खड्काले गरेका थिए ।