जनसम्पर्क समिति यूकेको कार्यकारी सभापतिमा आए नेता युवराज सिंह

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतको कार्यकारी सभापतिको जिम्मेवारी युवा नेता युवराज सिंहको कांधमा आएको छ ।

आइतबार साउथ इष्ट लन्डनमा एक कार्यक्रमबीच उनले औपचारिक रुपमा कार्यकारी सभापतिको जिम्मेवारी ग्रहण गरे ।

समितिका महामन्त्री कुश बस्नेतले सन्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगर, अतिथीहरु डा. धर्मराज क्षेत्री थापा, डा. मिन रानाभाट, खेमराज रानाभाट, महेश रेग्मी, सुरज केसी, मन्दीप केसी, समितिका वरिष्ठ उपसभापति प्रवेश केसी लगायतले सिंहलाई बधाई दिंदै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

२७ नोभेम्बर २०२१ शनिबार लन्डन साउथ ह्यारोमा भएको समितिको पांचौं अधिवेशनले उम्मेदवारहरुको सहमतिमा निवर्तमान सभापति युवराज गुरुङ पहिलो एक वर्ष, महेशकुमार दाहाल दोश्रो वर्ष, कोपिला वनेम लिम्बु तेश्रो वर्ष र युवराज सिंह चौंथो वर्ष कार्यकारी सभापति हुने निर्णय भएको थियो ।

चक्रीय प्रणालीमा सहमति भए अनुसार अब सिंहको पालो आएको हो । उनको कार्यकाल चक्रीय प्रणालीमा एक वर्ष हुने जनसम्पर्क समिति बेलायतका महामन्त्री कुश बस्नेतले जानकारी दिए ।

त्यो बेला निर्वाचनका लागि डा. सम्पूर्णानन्द ढुंगानाको संयोजकत्वमा खुशी लिम्बु सदस्य सचिव र राजेन्द्र खरेल एवं केशव भण्डारी सम्मिलित निर्वाचन समिति बनाइएको थियो । केन्द्रिय प्रतिनिधिमा समितिका पूर्व सभापति लोक गुरुङ थिए ।