लन्डन– नेपाली कांग्रेसकी नेतृ एवं सांसद डा. आरजु राणा देउवा मंगलबार साँझ लन्डन आउनुभएको छ ।
बेलायती सरकारी अधिकारी एवं गैरसरकारी नियोगको निमन्त्रणामा विभिन्न बैठकमा भाग लिन देउवा लन्डन आउनुभएको हो । बेलायतमा रहँदा उहाँले बेलायतस्थित पार्टीको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति बेलायतले आयोजना गरेको कार्यक्रममा पनि भाग लिने बताइएको छ ।
आरजुलाई स्वागत गर्न नेपाली दूतावास बेलायतका राजदूत डा. दुर्गाबहादुर सुवेदी, अट्याची तेजेन्द्र रेग्मी, बेलायत भ्रमणमा रहेका पर्यटन सचिव शंकर अधिकारी, जनसम्पर्क समिति बेलायतका पूर्व सभापति बिनोद मोक्तान ,जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङ, कार्यवाहक सभापति युवराज गुरुङ, महामन्त्री आर.के. त्रिपाठी, सहमहामन्त्री डा. मिन रानाभाट, तर्क गुरुङ, सल्लाहकार शेरबहादुर सुनार, युवा नेता रिचर्ड गुरुङ, इन्द्रमान गुरुङ विमानस्थल जानुभएको थियो ।
जनसम्पर्क समिति बेलायतका कावा सभापति युवराज गुरुङ एवं महामन्त्री आर.के. त्रिपाठीका अनुसार डा. देउवाले संगठनले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । नेतृ देउवाले बेलायतस्थित दातृ नियोगसँग भूकम्प पीडितको राहत एवं लेबर पार्टी, कन्जरभेटिभ पार्टी एवं एम्नेस्टी इन्टरनेसनलका पदाधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको महामन्त्री त्रिपाठीले जानकारी दिनुभयो ।







