बागलुङ समाज अस्ट्रेलियाले स्वं पत्रकार टिका कार्की स्मृति कप भलिबल प्रतियोगीता गर्दै

सिड्नी । बागलुङ समाज अस्ट्रेलियाले स्वं पत्रकार टिका कार्कीको सम्झनामा दोश्रो टिका कार्की स्मृति कप भलिबल प्रतियोगीता आयोजना गर्ने भएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि समाजले अस्ट्रेलियन नेसनल स्पोर्ट्स क्लवमा यही मार्च १२ तारिख आईतबार प्रतियोगीता गर्दैछ ।

समाजका पूर्व अध्यक्ष समेत रहेका स्व.कार्कीको सम्झनामा आयोजित प्रतियोगीतामा १० टिमको सहभागीता रहने अध्यक्ष विकास सापकोटाले बताए । प्रतियोगीताको तैयारीका कामहरु व्यापक रुपमा अगाडी बढिरहेको भन्दै उनले अन्तिम चरणमा आईपुगेको बताए ।

बिहान ८ बजेदेखि सुरु हुने प्रतियोगीता बेलुकीसम्मै चल्नेछ । नकआउट सिस्टममा खेलाईने प्रतियोगीतामा प्रिक्वाटर, क्वाटर फाईनल, सेमिफाईनल र फाईनलका खेलहरु हुनेछन् ।

प्रतियोगीतामा विजयी हुने समुहलाई नगद २२ सय डलर ट्रफी मेडल र प्रमाणपत्र तथा उपविजेता हुने समुहलाई नगद १३ सय डलर ट्रफी मेडल र प्रमाण पत्र सहित पुरस्कृत गरिने समाजका अध्यक्ष सापकोटाले बताए ।

कार्यक्रमलाई एनआरएनए अभियान्ता तथा युवा व्यवसायी डिला खरेलको  व्यवसाय ईन्नोभेटिभ एशोसियट्सले टाईटल स्पोन्सर गरेको छ । भने प्लाटिनम स्पोन्सरमा एएलडी कर्पोरेट, बिएनबी होम लोन र बुद्ध ट्राभल्स एण्ड टुर्स रहेका छन् । प्रतियोगीतालाई अस्ट्रेलियामा रहेका अन्य आधा दर्जन व्यवसायिक सघंसंस्थाले प्रायोजन गरेका छन् ।

सन् १९७६ मा जन्मिएका कार्कीको २०२१ मा दुःखद निधन भएको थियो । अस्ट्रेलियामा रहेका नेपालीहरुलाई हिमालयन रेडियो मार्फत नेपाली आवाज सुनाउने कार्की निकै लोकप्रिय र प्रभावशाली थिए । उनले विभिन्न सघंसंस्थामा आबद्ध रहेर सामाजिक क्षेत्रमा पनि काम गरेका थिए । भने खेलकुद क्षेत्रमा पनि उत्तिकै क्रियाशिल र सक्रिय रहेका थिए ।