लन्डन ।
एनआरएनए स्कटल्यान्डको आयोजना नेपाली नयाँ बर्ष २०८१ शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ!
कार्यक्रममा द भ्वाईस अफ नेपालको साथमा स्थानीय कलाकारको सांस्कृतिक कार्यक्रम भएको हो । भ्वाइसअफ नेपाल सिजन ५ मा उपाधि चुम्न सफल विनोद राई र उत्कृष्ट ४ मा पर्नसफल मकर योञ्जन, नोगेन लिम्बु लगायत युकेबाट छनौटमा सहभागी बन्न सफल मनोज गुरुङ र सविना हिराचनको पनि प्रस्तुती रहेको थियो ।भ्वाईस अफ नेपालको सिजन ५ केही महिना अधि मात्र सम्पन्न भएको हो भने गत बर्ष सम्पन्न सिजन ४ का उत्कृष्ट चारमा पर्न सफल योगेस मगर पनि टिममा सहभागी रहेका छन ।
एनआरएनए स्कटल्यान्ड आयोजक रहेको साँस्कृतिक साँझमा लगभग ६०० दर्शकहरुको उपस्थिती रहेको र कलाकारहरुले पनि भरपुर मनोरन्जन गराएका थिए ।
भ्वाईअफ टिमका अर्का आकर्षक भ्वाईस अफ नेपालका संचालक शुसिल नेपाल रहेका छन ।
कार्यक्रमको अध्यक्षता एनआरएनए स्कटल्यान्डका अध्यक्ष दिवाकर पान्डेयले गरेका थिए। प्रमुख अतिथि संस्कृत विध्यामा बिध्याबारिधी पं. मधुशुधन भट्टराई थिए र बिशेष अतिथिमा एनआरएनए युके उपाध्यक्ष मनिष खत्री थिए।
कार्यक्रममा एनआरएनए स्कटल्यान्डका अध्यक्ष दिवाकर पाण्डे अतिथीहरु लगायतले नयां वर्षको शुभकामना व्यक्त गरेका थिए ।
अध्यक्ष पाण्डेले एनआरएनए स्कटल्यान्डले स्कटल्यान्डवासी सबै नेपालीलाई सुखदुःखमा साथ दिने र नेपाली कलासंस्कृतिद्वारा एक सूत्रमा बांध्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रम संचालन उपाध्यक्ष कमला श्रेष्ठ र सचिव राम प्रसाद कंडेलले गरेका थिए।स्वागत मन्तव्य कोषाध्यक्ष बाँसुदेव पोखरेल ले गरेका थिए।

यस्तो छ कार्यसमिति पद तथा नामावलीः-
अध्यक्ष: दिवाकर पान्डेय ,उपाध्यक्ष: कमला श्रेष्ठ ,सचिव: राम प्रसाद कंडेल ,सह सचिव: भुपाल कार्की ,कोषाध्यक्ष: बाँसुदेव पोखरेल
सह कोषाध्यक्ष: कल्याण अर्याल ,सदस्यहरु : सागर पान्डेय,पवित्रा भन्डारी ,स्वस्तिमा खड्का,जीवलाल भन्डारी ,टीका लिम्बु ,हेमराज पहारी,नन्दलाल अम्माई !
कार्यक्रमामा संरक्षक पूर्व अध्यक्षहरु : मोहन कार्की ,छविलाल अर्याल र काशीराम भन्डारी लगायतले शुभकामना दिएका थिए। 









