सिड्नी । फागुपूर्णिमा मा अर्थात होली पर्वको अवसरमा एशोसिएशन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) ले आयोजना गरेको होली हंगामा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । २३ मार्च शनिबार रकडेलस्थित इन्द्रेणी फंक्सन सेन्टरमा आयोजित कार्यक्रममा मनोरञ्जन संगै सांस्कृतिक कार्यक्रमले होलीमय बनेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले एन्टाले आफ्नो क्षेत्रको विविधता झल्काउँदै विभिन्न कार्यक्रम गर्दै आईरहेको भन्दै यसले नयाँ पुस्ताले समेत सिकाई हुने बताए । उनले अस्ट्रेलियामा नेपाली मौलिक संस्कृति झल्काउन र ती संस्कृति तथा पर्वहरुको प्रवद्र्धन गर्न समेत यस्ता कार्यक्रमले मद्धत पुग्ने धारणा व्यक्त गरे ।

एन्टाका अध्यक्ष रञ्जित शाहले कार्यक्रम प्रत्येक वर्ष उत्कृष्टता तर्फ उन्मुख भएको भन्दै आगामी दिनमा संस्थालाई अझै सक्रिय बनाउँदै महत्वपूर्ण कार्यक्रमहरु आयोजना गर्ने बताए ।एन्टाका सल्लाहकार एवम् एनआरएनए ओसियाना राज्य संयोजक अरुण कुमार ठाकुरले सन् २००९ मा स्थापित एन्टाले प्रत्येक वर्ष होली, छठ लगायतका नेपाली तराई क्षेत्रमा मनाईने मुख्य मौलिक पर्वहरुको जगेर्ना गर्दै आईरहेको र नेपालमा पनि विभिन्न कार्यक्रममा सहयोग गर्दै आएको बताए ।
लेवर पार्टीका नेता मार्क बुट्टिगिगले अस्ट्रेलिया बहुसांस्कृतिक देश भएको भन्दै नेपाल जस्तै विविधता बोकेका देशहरुसंग समन्वय गरी हिन्दु मन्दिर लगायत नेपाली संस्कृतीको प्रवद्र्धनमा सक्दो पहल गर्ने बताए ।
कार्यक्रममा लिभरल पार्टीका सांसदका उम्मेदवार, सामाजिक अभियान्ता तथा उत्प्रेरक बिनोद पौडेलले होलिको बारेमा चर्चा गदै एन्टाले मौलिक पर्व जगेर्नामा योगदान पुर्याएको बताए ।
कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, पूर्व अध्यक्ष नन्द गुरुङ, लगायतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए । भने चर्चित नेपाली सुगम सगींत गायक दिपक लिम्बु, चर्चित नेपाली गायिका अनु चौधरी, भोजपुरी गायक रितेश पाण्डे, मैथिली गायक जागेश ठाकुर संगै स्थानीय कलाकार जेनिशा गौतमको बेजोड सांगीतिक प्रस्तुती रहेको थियो । कलाकारहरुले प्रस्तुती दिँदा उपस्थित दर्शकहरु झुमी झुमी नाँचेका थिए । भने गायिका जेनिशा गौतमको नयाँ गीतको विमोचन समेत गरिएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । एन्टाका अध्यक्ष रञ्जित शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रविण चौरासियाले गरेका थिए । कार्यक्रममा एन्टाका पूर्व अध्यक्षहरु प्रविन चौरासिया, सुवांश शाह, अरुण ठाकुर, अंगत मिश्र, अविषेक झा लगायतको उपस्थिति रहेको थियो । सांगीतिक कार्यक्रमको सञ्चालन सदस्य रञ्जित गुप्ता र आरुषी जयसवालले गरेका थिए ।