प्रवासी नेपाली एकता मञ्च न्यू साउथ वेल्स को शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

तक्दीर अधिकारी
सिड्नी । प्रवासी नेपाली एकता मञ्च (ओएनयुएफ) अस्ट्रेलिया न्यू साउथ वेल्स राज्य कमिटीले नेपाली नयाँ वर्ष २०७८ को अवसर पारेर शुभकामना आदान–प्रदान तथा बारविक्यू कार्यक्रम आयोजना ग-यो ।

१० अप्रिल शनिबार सिड्नी को अर्बन पार्कमा  आयोजना गरिएको उक्त कार्यक्रम बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म चलेको ओएनयुएफ न्यू साउथ वेल्स राज्य कमिटीका अध्यक्ष कृष्ण सापकोटाले जानकारी दिए । नेपाली नयाँ वर्षलाई स्वागत गर्न आयोजना गरिएको शुभकामना तथा बारबिक्यु कार्यक्रममा संस्थामा आबद्ध र शुभचिन्तकसहित झन्डै एक सयजना भन्दा बढीको सहभागिता थियो ।

अध्यक्ष सापकोटाले कार्यक्रममा सहभागीलाई स्वागत र धन्यवाद दिए । समाज सेबी तथा व्यवसायी भवानी वली,  कानुन व्यवसायी तथा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका पूर्वमहासचिव भरत पोखरेल, समाजसेवी विष्णु हमाल, युवा समाजसेवी भरत देवकोटाले बोलेका थिए । यसैगरी ओएनयुएफ एनएसडब्लु इन्चार्ज केशव जोशी, प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाका सचिव शिशिर नेपाल, प्रवासी नेपाली एकता मञ्च ग्लोबल कमिटी सचिव तथा अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेले शुभकामना मन्तव्य राखेका थिए ।

ओएनयुएफ न्यू साउथ वेल्सका सचिव शिव पौडेलले सञ्चालन गरेको कार्यक्रममा भुपेन्द्र चुडाल , सूर्य न्यौपाने र प्रेम लामगाडे लगायतले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

कृष्ण सापकोटाको अध्यक्षतामा रहेको व्यवस्थापन कमिटीले ओएनयुएफ एनएसडब्लु उपाध्यक्ष सीताराम घिमिरे, शिव पौडेल ,प्रकाश पौडेल,सेन्ट जोर्ज क्षेत्रीय संयोजक दिवाकर काफ्ले, सुशील अर्याल, मोहन भण्डारीलगायत संस्थाका अन्य एनएसडब्लु कमिटीका सदस्यहरुको सक्रियतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा मे १५ मा टाउन हलमा   मदन आश्रित दिवसमा रक्तदान कार्यक्रम आयोजना गरिने जानकारी दिइयो ।