सिड्नी । नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको अधिवेशन तयारी समितीलाई केन्द्रीय कार्यसमितिले पूर्णता दिएको छ।
लामो समयको रस्साकस्सी र विवादका बीच जनसम्पर्क समितिले पूर्णता पाएको हो । नेपाली कांग्रेस केन्द्रिय कार्यालय ललितपुरले समितिलाई पूर्णता दिदै समितिलाई पत्राचार गरेको छ ।
केन्द्रीय कार्यासमितिले कृष्ण गिरीको संयोजकत्वमा २१ सदस्यीय अधिबेशन तयारी समितीलाई अनुमोदन गरेको छ ।
जसको अन्य सदस्यहरुमा सुरेश गुरुङ, राजेश केसी, रोहित खड्का, कन्चन पोखरेल, प्रेम सापकोटा, देवेन्द्र बस्नेत, सोमप्रसाद गुरुङ, गणेश केसी, मनीषा अर्याल उप्रेती, सुरेन्द्र सापकोटा, मधुकर गुरुङ, गणेश पौडेल, दिलिप पोखरेल, शीतल गिरी, सविन बराल, हेमन्त काफ्ले, निरज श्रेष्ठ, निल थपलिया, रमेश छत्कुली राजकुमार अधिकारी रहेका छ्न ।
नेपाली कांग्रेसको गत १७ भर्दा २०७६ गते बसेको कार्यसमिती बैठकले समितिलाई पूर्णता दिने निर्णय गरेको उक्त पत्रमा जनाइएको छ ।
यस कमिटीले निकट भविष्यमा सदस्यता बितरण लगायतका प्रक्रिया पुरा गरेर नयाँ कार्यसमिति चयन गर्न नेतृत्व गर्नेछ ।







