पहिरोपीडितलाई बेलायतबाट सहयोग

स्याबुनका पहिरो पीडितलाई बेलायतमा रहेका नेपालीले आर्थिक सहयोग दिएका छन् । साउन १९ गते रातिको पहिरोमा परी ज्यान गुमाएका र बिस्थापित स्याबुन-३ फच्याङका १२ परिवारलाई एक लाख ३७ हजार रुपैयाँ प्राप्त भएको हो। संखुवासभा समाज बेलायतले त्यहाँ रहेका जिल्लाबासी तथा अन्य व्यक्तिबाट संकलित रकम चैनपुरमा शुक्रबार हस्तान्तरण गरिएको छ। समाजकी उपाध्यक्ष बसुन्धरा याक्खा र सल्लाहकार खगेन्द्र याक्खाले पीडितलाई हस्तान्तरण गरे । परिवारका सदस्य गुमाएका राजेन्द्रबहादुर कोइराला र चन्द्रबहादुर कोइरालाको परिवारलाई २०२० हजार प्रदान गरिएको छ।