शिब भण्डारी,
लन्डन ,नेपालमा गएको शक्तिशाली भूकुंपले लाखौ नेपालीको जीवन तहसनहस भएको उल्लेख गर्दै मानवीय संकटका आधारमा बेलायतका अध्ययनरत नेपाली बिद्यार्थीहरुलाई अस्थाई भिषाको अधिकार दिन माग गरि बेलायतको अध्यागमलाई बिहीबार गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष महेन्द्र कंडेलले प्रेषित विज्ञप्ति जारी गर्दै विद्यार्थीलाई अस्थायी आवासीय अधिकार दिन भिजा एण्ड इमिग्रेशनसंग आग्रह गरेको छ ।एनआरएनए आइसीसी मार्फत नेपालमा संघका महासचिव राजकुमार त्रिपाठीको टोलीले राहत तथा उद्दार कार्य जारी राखेको पनि विज्ञप्तिमा उल्लेख छ । संघले भूकम्पपछि महामारी बढेको अवगत गराउंदै पत्रमा देशमा सुरक्षाको प्रत्याभूति नभइन्जेल भिजाको समय अबधि कम भएका विद्यार्थीलाई तत्काल नेपाल फिर्ता नपठाउन आग्रह गरिएको छ |
संघको विज्ञप्तिः
२५ अप्रिल २०१५ शनिबार ( वैशाख १२, २०७२) नेपालमा गएको महाविनाशकारी भूकम्पको आज १३औ दिन सम्पूर्ण ज्ञात-अज्ञात भूकम्पबाट निधन भएका नागरिक एबम ब्यक्तिहरुको आत्माले शान्ति पाओस् भन्दै मृतक आत्महरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौ ! श्रद्धाञ्जलिको साथसाथै एनआरएनए यूकेले राहत उद्धार एवंम दीर्घकालिन योजनामा सहभागी हुने ब्योहरा अवगत गराउंदछौ। विपत्तिमा एकतावद्ध भएर सामना गर्दै पूनर्निमाणमा लाग्नुपर्ने आजको आबस्यकता हो। जसले, जसरी, जताबाट गरेपनि पीडित पक्षलाई सहयोग गर्नु हाम्रो धर्म हो। यीनै कुराहरुलाई मध्यनजर गर्दै एनआरएनए यूकेले निम्न कार्यहरु गर्ने संकल्प गरेको छ :
१. तत्काल राहत उद्धारको कार्य (एन आर एन ए आइसीसीमार्फत) नेपालमा महासचिवको टोलीले जारी राख्नेछ।
२. भूकम्प पीडितले नेपालमा संकटकाल भएको हुदा बेलायतमा अध्यानरत बिधार्थी एबम अस्थाई काम गर्नेहरुलाई बसोबास गर्ने भिसा(VISA/RESIDENT PERMIT) उपलब्ध गराउन होम अफिस (HOME OFFICE UK) संग माग गर्दै पत्रचार गरिसकेको छ र थप परामर्श कोलागी कानुनवीदहरुको टिमलाई जिम्मा दिइनेछ साथै बिधार्थीहरुसंग सहकार्य गर्दै पीटेसन लागी आवहान गरिएको छ ।
३. भूकम्पबाट ध्वस्त भएका बस्तीहरु, घर र संरचना पुन:निर्माण गर्न नेपाल सरकारलाई सुझाब दिनका लागि बेलायतको तर्फ बाट एक अन्तरक्रिया आयोजना गरी इन्जिनियर र वीज्ञ लगायतको एक समिति बनाई प्रतिबेदन तयार गराउने छ ।
४. चन्दा संकलनको कार्यलाई निरन्तरता दिंदै अक्सफाम (OXFAM) संगको साझेदारीलाई कायम नै राख्ने ।
५. बिशेष साधारण सभाले तोकिएको समितिहरुले प्रतिबेदन नबुझाएको हुंदा आजको मिति बाट १० दिन भित्र रिपोर्ट पेश गर्नहुन अनुरोध गरिएको छ । ६. भूकम्प पीडितहरुको लागि सहयोग गर्न प्रतिबद्धता गर्नु हुनेहरु सबै ले हाम्रो बैंक खातामा रकम हस्तान्तर गरिदिनु हुन अनुरोध छ: Bank Details: BARCLAYS BANK NRNA UK Sort code: 20-42-73 Account no.: 43997871 धन्यवाद ! भवदीय, महेन्द्र कंडेल अध्यक्ष एन आर एन ए यूके |







