गुल्मीमा श्रीमानद्धारा श्रीमतिको हत्या

गुल्मी, २४ भदौ । तिनदिन अघि गुल्मीको हसरामा एक व्यक्तिले श्रीमतिको हत्या गरेका छन् । हसरा गाविस वडा नम्बर ३  का ३५ वर्षिय रमेश घर्तिले आफ्नी ३५ वर्षिया श्रीमती हरिकला घर्तिको भदौ २० गते राती निर्घात कुटपिट गरी हत्या गरेका हुन् । अत्याधिक मदिरा सेवन गरेका रमेशले श्रीमतिलाई निर्घात कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय गु्ल्मीले जनाएको छ । अभियुक्त घर्तिलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र अनुसन्धानका लागि अदालता म्यादथप समेत गरिएको जिल्ला प्रहरी प्रम्ख प्रहरी नायव उपरिक्षक रविन्द्र रेग्मीले बताए ।
अभियुक्त घर्तिले रक्सी खाएको बखत के ले हानेर मारेको आफूले थाहा नपाएको प्रहरीसामु बयान दिएका छन् । विगत लामो समयदेख ती दम्पत्तीले घरमा झै–झगडा गर्ने गरेको गाविस सचिव हरि भण्डारीले बताए । उनीहरूका ९ र ११ वर्षका दुई छोरा छन् । विपन्न परिवारका ती नाबालक आमाको मृत्युपछि विचल्लीमा परेका छन् ।