एकल महिलाद्धारा अवैंध शिशु जन्माएर हत्या

गुल्मी, २४ भदौं । गुल्मीकी एक एकल महिलाले अवैध गर्भ धारण गरेर नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी छन् । पराल्मी–५ टापु गाउँका ४२ वर्षिया दर्जीले भदौं १३  गते घर पछाडी शिशु जन्माएर हत्या गरेको जिल्लाप्रहरी कार्यालय गुल्मीले बुधवार खुलासा गरेको छ ।
ति महिला लुम्विनी मेडिकल कलेज प्रभास पाल्पामा विरामी भई भर्ना भएको र हिजो डिस्चार्ज हुन साथ उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रामप्रसाद पौड्यालले बताए ।  उनका श्रीमानको १२ वर्ष पहिले नै मृत्यु भएको थियो । उनका चार सन्तान छन् । २ छोरा विदेशमा छन् । एक छोरीको विवाहभई सकेको छ भने १३ वर्षिय कान्छा छोरा घर मै छन् ।  उनलाई गर्भधारण गराउने पुरुष को हो खुल्न सकेको छैन ।  दोषीको खोजी भइरहेको प्रहरी निरीक्षक पौड्यालले जानकारी दिए ।