बेलुकी ५ बजे लामा गुरु हरु को पुजाआजा सहित सुरु भएको कार्यक्रम ६ बजेदेखि औपचारिक रुपमा सुरु भएको कार्यक्रममा तामाङ सोसाईटी अफ सिड्नीका सह अध्यक्ष अविरल तामाङले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा बोल्दै निम्फाका अध्यक्ष सुदर्शन थापा मगरले तामाङ सोसाईटीले पनि नेपालमा रहेको तामाङ जातिका प्रतिनिधित्व गर्दै अस्ट्रेलियामा बहुजातिको प्रतिनिधित्व गरेको बताए ।

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले आफु नेपालमा तामाङ समुदायसंग नजिक रहने अवसर नपाएपनि अस्ट्रेलियामा भने नेपालका बुहभाषि, बहुजाति र सबै समुदायसंग सहकार्य गरेर कार्य गर्न पाएको भन्दै भविष्यमा पनि सबैसंग सहकार्य गरेर अगाडी बढ्ने बताए ।

विशेष अतिथि पार्लामेन्ट सदस्य डोना डेभिसले नेपालीहरुले अस्ट्रेलियामा रहेको विविधता माथि थप विविधता थपेर बहुसांस्कृतिक बनाएको बताए ।

त्यस्तै काउन्सिलर तथा बहुसांस्कृतिक मन्त्री स्टीभ केम्परको प्रतिनिधि आश्विनी अम्बिाहैफारले नेपालीहरुले विभिन्न क्षेत्रमा रहेर अस्ट्रेलियामा योगदान गरेको र अस्ट्रेलियाले उक्त योगदानलाई उच्च मूल्यांकन गरेको बताईन् ।

कार्यक्रमका मुख्य अतिथि न्यू साउथ वेल्सका मेयर प्रिमियर क्रिस मिन्सको प्रतिनिधित्व गर्दै माननीय मार्क बुटिगिगले अस्ट्रेलियामा सबै बहुजाति, बुहभाषिलाई समान स्थान रहेको भन्दै त्यसमा नेपाललाई अस्ट्रेलिया जस्तै विभिन्न विविधता समेटिएको देश रहेको र तामाङ सोसाईटीले गरेको कार्यहरुले नजिकबाट हेरेको बताए । उनले यस्ता कार्यहरुलाई उच्च सम्मान व्यक्त गरेको बताए ।

कार्यक्रममा तामाङ सोसाईटी अफ सिड्नीका निवर्तमान अध्यक्ष सुन्ददोर्जे तामाङ ले पनि आफ्नो धारणा राखेका थिए ।

सोसाईटीका अध्यक्ष विशाल तामाङ ले तामाङ सोसाईटी प्रत्येक वर्ष आफुलाई अझै अब्बल बनाउँदै लगेको भन्दै तामाङ समुदायको उत्थानका लागि काम गर्दै अस्ट्रेलियाको विविधतामा महत्वपूर्ण योगदान दिएको बताए । उनले तामाङको संस्कृतीहरुलाई अस्ट्रेलियामा चिनाउने बताए ।

औपचारिक कार्यक्रम पश्चात सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो । सो अवसरमा कलाकारहरु तामाङ सोसाईटीका पूर्व अध्यक्ष तथा विभिन्न गीतका सर्जक, गायक दिल तामाङ लगायत स्थानीय कलाकारको बजोड प्रस्तुतीले उपस्थिति अतिथिहरुलाई मनोरञ्जन प्रदान गरेको थियो ।

सांगितिक कार्यक्रमको सञ्चालन डोमा तामाङले गरेकी थिईन् । कार्यक्रममा तामा सोसाईटीका दिर्घ वाईवा, सल्लाहकार निमा वोंजन, तमु समाज सिठ्नीका कार्यवहाक अध्यक्ष हिउपति गुरुङ थकाली समाजका अध्यक्ष सुवास गौचन, किरात सान्ताङ लुङका शशि सुब्बा, किराँत खम्बुराई सोसाईटी एनएसडब्ल्यूका उपाध्यक्ष रितेश राई, शेर्पा एशोसिएसन अफ एनएसडब्ल्यूका अध्यक्ष आंकाजी शेर्पा, गुठी अस्ट्रेलियाका अध्यक्ष उमेश नापित, छन्त्याल सोसाईटीका बुद्धिमान छन्त्याल, तामाङ घेदु क्यानबेराका निर्वमान अध्यक्ष कर्मा लामा, निम्फा उपाध्यक्ष सिमा सुब्बा, निम्फाका सचिव चिरक प्रधान लगायत विभिन्न समाजका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
