लण्डन लण्डनको ऊलविचमा नेपाली चलचित्र *दिमाग खराब*प्रदर्शन हुने भएको छ ।
साउथ ईष्ट लण्डन स्थित ऊलविच स्थित द ट्रामेष्ड Tramshed चर्चको हलमा आगामी ४ फेब्रुयरी आईतबार साझँ ५ बजे सासनराईज इभेन्टको प्रस्तुतिमा नेपाली फिल्म *दिमाग खराब*प्रदर्शन हुन लागेको हो । 
चलचित्र प्रदर्शनकालागि आवश्यक तैयारी पुरा भैसकेको सामाजिक अभियान्ता एवम् लण्डन नेपाल न्यूजका सवांददाता प्रकाश कंडेलले बताए ।
लण्डनको ऊलविचमा पहिलो पटक नेपाली फिल्म *दिमाग खराब*हेर्नका लागि हलसम्म आउन उनले आग्रह गरे ।कंडेलले यसको संयोजन गरेका छन्।
चलचित्र : दिमाग खराबमा कलाकारहरू : खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्की लगायत छन् भने निर्देशक: निश्चल बस्नेत तथा कथा लेखक: आकाश बराल रहेका छन्।
Date – 4 February 2024 (Sunday) Time – 5pm Venue-The Tramshed,51-53 Woolwich New Road Post Code – SE18 6ES Contact No. 07429947196 ( Prakash Kandel )






