लन्डन – आगामी जुन १० देखि क्याम्बर्लीमा पनि बिपस्यना ध्यान सिविर संचालन हुने भएको छ । ओसो धारा मैत्री संघ युके र नेपालको संयुक्त आयोजनामा बिपस्यना ध्यान सिविर संचालन हुने भएको छ । तमु नेपाली कम्युनिटी सेन्टर क्याम्बर्लीमा संचालन हुने उक्त ध्यान सिविर ३ दिन सम्म चल्ने छ ।
उक्त सिविरमा आचार्यश्री ओशो मैत्रैय अध्यक्ष,ओशोधारा मैत्रैय संध नेपाल र ओशो मोस्तो बाबाले संचालन गर्ने छन् ।
प्रथम दिन बिपस्यनाको बेसिक ज्ञान र आधुनिक तथा बैदिक बिधिहरु सिकाइने छ उक्त प्याकेज १ दिने हुनेछ । १ दिनको को प्याकेज बिहान ८ बजे देखि ७ बजे बेलुकी सम्म रहने छ । अर्को ३ दिनको सिविरमा बिप्स्यना र समाधि दुवैको ज्ञान प्रदान गरिने जनाइएको छ । ३ दिने सिविर बिहान ८ बजे देखि ७ बजे बेलुकी सम्म संचालन हुने छ ।
कार्यक्रममा ब्रेकफास्ट र लन्च पनि प्रदान गरिने छ ।आयोजकले स्वयम्सेवी चरित्रको कार्यक्रम भएको हुँदा बस्थापन खर्च हुने र सहभागीहरु मार्फत कम्तिमा २० पाउण्ड लाग्ने आयोजकले बताएका छन् ।
कार्यक्रम प्रवर्तक समाजसेवी तथा गैर आवासीय नेपाली संघ आइसिसि सदस्य शान्ति थापा कुँवरले बेलायतको व्यस्त जीवन शैली र मानसिक तनाव बीच जीवनमा शान्ति र खुशीको लागि अध्यात्मिक चिन्तन र मानसिक स्वास्थ्यको लागि यो कार्यक्रम अत्यन्त महत्वपूर्ण अवसर भएको भन्दै बेलायतस्थित सम्पूर्ण नेपाली दिदिबहिनी दाजुभाईहरुलाई उपस्थित भएर भरपुर फाइदालिन अनुरोध गरेकी छिन् ।
बिस्तृत जानकारीका लागि निम्न नम्बरहरुमा सम्पर्क गर्न सकिने आयोजकले बताएका छन् ।
07500 861003 /07808 050405







