सिड्नी । मेन्टल हेल्थ अफ फाउण्डेशन अस्ट्रेलियाद्धारा गाला डिनर तथा सचेतना कार्यक्रम सम्पन्न गर्यो मेन्टल हेल्थ अफ फाउण्डेशन अस्ट्रेलियाले गाला डिनर तथा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । फाउण्डेसनले यही अक्टोबर २० तारिख ईम्पोरियम हलमा मानसिक स्वास्थ्य संग सम्बन्धित रहेर अन्तरक्रिया सहित गाला डिनर गरेको हो ।
मानसिक स्वास्थ्यको बारेमा सचेतना प्रदान गर्ने र पछिल्लो समय बढ्दो मानसिक स्वास्थ्य समस्यालाई निराकरण गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको मेन्टल हेल्थ अफ फाउण्डेशन अस्ट्रेलियाका एम्बेस्डर देभेन्द्र सापकोटाले जानकारी दिए । बेलुका ६ः३० बजे देखि सुरु भएको कार्यक्रममा न्यू साउथ वेल्स राज्यका गभर्नर मार्गरेट प्रेसी एम्पीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मेन्टल हेल्थ अफ फाउण्डेशन अस्ट्रेलियाका अध्यक्ष श्री नीभासन लगायत विभिन्न व्यक्तिहरुले आ-आफ्नो धारणा व्यक्त गरेका थिए । विभिन्न २० राष्ट्रका व्यक्तिहरु सम्मिलित कार्यक्रममा विभिन्न देशको मौीलकता झल्किने सांस्कृतिक प्रस्तुतीहरु समेत राखिएको थियो ।
फाउण्डेसनले अस्ट्रेलियामा रहेका विभिन्न समुदायका व्यक्तिहरुलाई मानसिक स्वास्थ्य सम्बन्धी समेतना प्रदान गर्दै आईरहेको छ । कार्यक्रममा झण्डै १ सय जनाको उपस्थिति रहेको थियो । फाउण्डेसनले लगत्तै आईतबार सिड्नीमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना प्रदान गर्ने उद्धेश्यले पैदल यात्रा सहित सचेतनामूलक कार्यक्रम समेत सम्पन्न गरेको छ ।

मेन्टल हेल्थ अफ फाउण्डेशन अस्ट्रेलियाका एम्बेस्डर देभेन्द्र सापकोटाले सञ्चालन गरेको कार्यक्रममा विभिन्न समुदायका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।








