गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित भएका छन् ।
बिष्टले नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै लगातार तेस्रो पटक सांसद भएका हुन् । बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत प्राप्त गरिन् ।
बिष्टले २०३४ मतको अग्रतासहित जित हात पारे । यद्दपी निर्वाचन आयोगले आधिकारिक घोषणा भने गर्न बाँकी छ ।
बिष्टले २७० र २०७४ को चुनाव पनि जितेका थिए । यो जितसँग उहाँले संसदीय चुनावमा ह्याट्रिक पूरा गरेका छन् ।
झाँक्रीले हार स्वीकार गर्दै निर्वाचन आफ्ना लागि अत्यन्तै रोमाञ्चक रहेको बताएकी छिन् ।






