नेपाली वेलफेयर सोसाईटी यूकेले भब्य रुपले गर्‍यो दशैँ तिहार कार्यक्रम

लन्डन । नेपालीहरूको महान पर्व बडा दशैं तथा तिहारको अवसरमा नेपाली वेलफेयर सोसाईटी यूकेले दशैँ तिहार कार्यक्रम गरेको छ ।


सोसाईटीले दशैँ तथा तिहार (२०८० साल) कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो 

सनिवार अक्टुबर २८ तारिक नेपाली वेलफेयर सोसाईटी युकेले यस बर्षको दशैँ तथा तिहार कार्यक्रम बेलायतमा बसोबास गरेका यस सोसाईटीका सदस्यहरुको बाक्लो उपस्थिति, नेपाल तथा दुबाई देखि अतिथिहरुको उपस्थितिमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको थियो I

उक्त कार्यक्रम Crane Youth & Community Association, The Crane Centre, Fuller Way, Hayes, UB3 4LW स्थानमा भएको थियो I 

कार्यक्रममा प्रमुख अतिथी: सुमन नेपाली, कोषाध्यक्ष, अन्नपुर्ण मिजार समाज पोखरा, नेपाल अतिथिहरुमा दिल नेपाली, उपध्यक्ष सृजनसिल नेपाली समाज युके लघु कथा मंच लेखक दिप कुमार मग्राती रहेका थिए

संस्थाका महासचिब समशेर नेपालीले कार्यक्रम संचालन गरेका थिए भने कोषाध्यक्ष धबिन्द्र बौडेलले खानपानको प्रबन्ध गरेका थिए I  रेफलड्रो खेल र पुरस्कारको वितरण गर्ने कार्य संस्थाका स-कोषाध्यक्ष किरण नेपाली गरेका थिए I  मनोरन्जका लागि डीजे सनचलन सचिब बुद्धि नेपालीले गरेका थिए भने कार्यसमितिका सदस्य आशा रोकाले कार्यक्रम संचालनका लागि सहयोग गरेकी थिइन I

संस्थाका उपध्यक्ष तेजेन्द्र गुरुंगले स्वागत भासर्ण गर्दै दशैं तथा तिहार सुभकामना दिएका थिए I 

कार्यक्रममा दशैँ तथा तिहारको अबसरमा सेनियर सल्लाहकार उदी बहादुर नेपाली,सल्लाहकार बुधि बहादुर नेपाली सल्लाकार दिल बहादुर सार्की प्रमुक अतिथि, अतिथिहरु लगायतले सुभकामना दिएका थिए I

अध्यक्ष धन बहादुर सार्कीले संस्थालाई अझै राम्रो र बलियो बनाउनु पर्छ भन्दै सृजनशील नेपाली समाज युकेका उपध्यक्ष दिल नेपाली र उपध्यक्षका श्रीमती सिर्जना सिर्मल लाई मन्चमा पुलको गुच्छा र खादाले स्वागत गरेका थिए I  अन्तमा सबैलाई दशैं तथा तिहारको सुभाकाना दीदै कार्यक्रम अन्त भएको घोशार्ण गरेका थिए I

नेपालको राष्ट्रिय चाड दशैँ तिहारलाई विदेशमा बस्ने नेपाली र विदेशीलाईसमेत जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष धन बहादुर सार्कीले बताए ।