लन्डनको साउथहलमा ऐतिहासिक मैत्रिपूर्ण क्रिकेट खेल हुदै -नेपाल र नेपालीकै गौरव:६ टिम भिड्ने

शिब भण्डारी

लन्डन । आगामी अगस्तको दोश्रो हप्ता लन्डनको साउथहल मैदानमा मैत्रिपूर्ण क्रिकेट प्रतियोगिता हुने भएको छ। लन्डन ग्रीनफोर्डस्थित केटिएम ट्राभल एण्ड टुर्सको
आयोजनामा हुन लागेको ऐतिहासिक खेल नेपाल र नेपालीकै गौरवको बिषय बनेको छ ।

आउंदो अगष्ट ११, आइतबार साउथहलको लन्डन टाइगर्स स्पोर्टस कम्प्लेक्स मैदानमा हुन लागेको प्रतियोगितामा दर्शकहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

लन्डनमा  पहिलोपटक हुन लागेको ‘ब्रिटिश नेपलिज प्रिमियर लिग सुपर ८ कर्पोरेट क्रिकेट प्रतियोगिता- २०१९’ बिहान ८ देखि सांझ ८ बजेसम्म सम्पूर्ण खेल र पुरस्कार वितरण गर्ने आयोजकको योजना छ

पत्रकार सम्मेलनमा टुर्नामेन्ट डिरेक्टर विनोद विकास सिम्खडा, इभेन्ट डिरेक्टर सुनिल थापा, अपरेसन डिरेक्टर अभिषेक भट्टराई र टिम डिरेक्टर विक्रम गुरुङले खेलका विभिन्न पक्षबारे प्रष्ट्याएका थिए ।

उक्त अवसरमा टिम ‘ड्र’ पनि गरियो । बेलायतमा रहेका ६ व्यवसायिक टिमबीच एकै दिन ८ ओभरको रोमाञ्चक खेल हुने टुर्नामेन्ट डिरेक्टर सिम्खडाले बताए । उनले आइसीसी मापदण्ड अनुरुप नै खेल खेलाइने र पर्याप्त सुरक्षा व्यवस्था पनि गरिने जनाए । बेलायतमा हुने नेपाली इभेन्टमध्ये यो प्रतियोगिता सर्वाधिक पुरस्कार राशीको हुने बताएपनि सिम्खडाले कति रकम भन्ने चाहिं निर्णय हुन बांकी रहेको बताए । प्रतियोगिताको कुल बजेट कम्तीमा १० हजार पाउण्ड हुने अनुमान गरिएको छ ।

इभेन्ट डिरेक्टर सुनिल थापाले बेलायतमा रहेका युवा खेलाडीलाई प्रोत्साहन र उनीहरुको खेल विकास साथै युवाबीच अन्तरघुलन गराउने उद्देश्यले आफ्नो ट्राभलले प्रतियोगिता परिकल्पना गरेको बताए । ‘पहिलोपटक हामीले यो खेल आंटेकाले चुनौतिपूर्ण पनि छ’, थापाले भने, ‘तर यसले बेलायतको नेपाली समुदायमा पृथक रचनात्मक क्रियाकलापको शुभारम्भ हुने हाम्रो विश्वास छ ।’

प्रतियोगी टिमहरुमध्ये ब्रिगेड अफ गोर्खाजलाई रेड २७ मोबाइल, टेन क्यूओजिएलआरलाई पिपल स्टेट एजेन्ट, गोर्खाज् कन्सट्रक्सन ह्यारोलाई गोर्खा कन्सट्रक्सन, डांफे क्रिकेट क्लब ग्रीनफोर्डलाई एचटिआर केयर एण्ड रिक्रुटमेन्ट, हिमालयन क्रिकेट क्लबलाई योर ड्राइभिङ स्कुल र नव युवा क्रिकेट क्लबलाई खुकुरी बियरले प्रायोजन गर्ने आयोजकले जनाएका छन् । कार्यक्रममा प्रायोजकका तर्फबाट पिपल स्टेट एजेन्टका सूर्य गुरुङ, योर ड्राइभिङ स्कुलका होमराज बिष्ट, गोर्खा कन्सट्रक्सनका प्रमिस श्रेष्ठ, एचटिआर केयर एण्ड रिक्रुटमेन्टका टंक भट्टराई लगायतले विभिन्न जिज्ञासा राखेका थिए ।

गत शनिबार सांझ डेनहमस्थित मंक रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले कार्यक्रमबारे यसरि दिए जानकारी हेर्नुहोस स्थलगत भिडियो रिपोर्ट ।

केटिएम ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक सुनिल थापाले प्रतियोगितामा उत्साहजनक सहभागिता हुने विश्वास व्यक्त गरेका छन् । उनले आयोजकले तयारीलाई तीब्र पारिरहेको पनि जानकारी दिए । कार्यक्रमको लन्डन नेपाल न्यूज डट कमले प्रत्यक्ष प्रशारण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *