गुल्मीमा पहिरो : मृत्यु हुनेको संख्या १० पुग्यो, २ बेपत्ता

तम्घास । गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडामा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले पुष्टि गरे ।

सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठूलो लुम्पेकमा २ जनाको मृत्यु भएको छ । वडानम्बर ४ को लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको हो । मृतक मध्ये ६ जनाको शव बाहिर निकालिएको छ । अरुको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा एकै घरका ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक रहेका छन् । एकजना बालक सन्दीप बिक मावली घरमा गएकाले जिवितै रहेको बताइएको छ ।

सत्यवति गाउँपालिका ३ को ठूलो लुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु मृत्यु भएको हो । उनीहरु आमाछोरा हुन् । सोही वडामा रुद्र बिकको घर पनि पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षीय मायाँ बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *