लण्डन । नेपालका भूकम्प पीडितहरुको सहयोगार्थ बेलायतको रोयल अल्बर्ट हलमा आइतबार हुने नेपाली सांगीतिक कार्यक्रममा सहभागी हुने संपूर्ण नेपाली दाजु भाई तथा दीदी बैहिनीहरुलाई ,सकेसम्म नेपाल झल्कने र आफ्नो कला सस्क्रिती झल्कने किसिमको पोसाकमा आउन गायक योगेश्वोर अमात्यले सबैलाई अनुरोध गर्नु भएको छ ।
कार्यक्रममा सहभागी हुन नेपाली कलाकारहरुको टोली शनिबार दिउँसो लण्डन आइपुगेको छ।
नेपाली सांगीतिक जगतका चर्चित व्यक्तित्वहरु दीप श्रेष्ठ, ओमविक्रम विष्ट, दिपक थापा मगर, जेम्स प्रधान, सुजील कर्माचार्य, तृष्णा गुरुङ सहितको १६ सदस्यीय टोलीलाई हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्प नेपाल नेटवर्कका पदाधिकारीहरु लगायत रेडियो राइनोका रुपेश सिलवाल, दिनेश परियार र रन्जित बस्नेत लगायत उपस्थिती रहेको थियो ।
सो अवसरमा वरिष्ठ गायक दिप श्रेष्ठले विश्व प्रसिद्ध रोयल अल्बर्ट हलमा पहिलो नेपाली सांगीतिक प्रस्तुति गर्न बेलायत आइपुग्दा आफु निकै खुसी भएको बताए । “यो हाम्रा लागि तीर्थयात्रा सरह भएको छ,” उनले भनेे ।
गायक श्रेष्ठले भूकम्प प्रभावित नेपालीहरुप्रति ऐक्यवद्धता र सहयोग जुटाउन रोयल अल्बर्ट हलमा उपस्थित भइदिन बेलायतस्थित सम्पूर्ण नेपाली जनसमुदायलाई आह्वान पनि गरे ।
वरिष्ठ गायक ओमविक्रम विष्टले बेलायतवासी नेपालीहरुको मायाले लण्डन आइपुगेको बताए उनले आइतबार रोयल अल्बर्ट हलमा आएर नयाँ, पुराना सबै कलाकारहरुलाई चाखी दिन आग्रश पनि गरे ।
युवा गायिका तृष्णा गुरुङले सांगीतिक प्रस्तुतिका लागि लण्डन आइपुग्दा आफु निकै उत्साहित भएको बताइन् ।
त्यसैगरी गायकहरु दिपक थापा, जेम्स प्रधान तथा सुजील कर्माचार्यले भूकम्प पीडितहरुको सहयोगार्थ मानवीय उद्देश्यले भैरहेको कार्यक्रममा सुपरडुपर गीतहरु गाएर आफुहरुले सक्दो राम्रो प्रस्तुति दिने वाचा गरे ।
सांगीतिक टोलीका वरिष्ठ सदस्य योगेश्वर अमात्य यसअघि नै लण्डनमा छन्।यो अवसर फेरी आउँला नआउँला,अहिले अवसर जुटेको छ, यो अवसरलाई सहि सदुपयोग गरौ। भोलीको क्रार्येक्रममा रोयल अल्वट हललाई नेपालमय बनाउ,सकेसम्म नेपाल झल्कने र आफ्नो कला सस्क्रिती झल्कने किसिमको पोसाकमा आउन गायक योगेश्वोर अमात्यले सबैलाई अनुरोध पनि गर्नु भयो।
अनलाईन टिकट किन्न तथा पार्किङका लागि http://www.royalalberthall.com/tickets/an-evening-for-gorkha/default.aspx मा गएर बुकिङ गर्न सकिन्छ।








![11692805_419479491572580_1947651603746716766_n[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/06/11692805_419479491572580_1947651603746716766_n1.jpg)