पेरिस, १३ असार । फ्रान्समा भएको ८० किलोमिटरको अल्ट्रा म्याराथनको उपाधि नेपालकी मीरा राईले जितेकी छन् । शनिबार भएको म्याराथनमा राईले निर्धारित दूरी १२ घण्टा ३२ मिनेटमा पुरा गरेकी हुन् । स्पेनिस धाविका अन्ना कोमिट दोस्रो तथा अमेरिकन धाविका हिलारी एलिन तेस्रो भइन् । राईले गत वर्ष खेलेका दुई राष्ट्रिय तथा तीन अन्तराष्ट्रिय दौडको उपाधि पनि जितेकी थिइन ।
नेपालकी मीरालाई फ्रान्समा उपाधि






