चिली, १३ असार । ब्राजिललाई हराउँदै पाराग्वे कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान सम्पन्न क्वाटरफाईनलमा खेलमा ब्राजिललाई पाराग्वेले पेनाल्टी सुट आउटमा पराजित गर्यो । यसअघि निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । ब्राजिलका रोबिन्होले १५ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएपनि ७२ औं मिनेटमा पाराग्वेले खेल बराबरी गर्यो ।
पाराग्वेका लागि डेर्लीस गोन्जालेजले पेनाल्टीमार्फत बराबरी गोल गरेका हुन् । यसपछि खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा पाराग्वे ४-३ ले विजयी भयो ।
जितसँगै पाराग्वेले उपाधि दावेदार अर्जेन्टिनाविरुद्धको सेमिफाइनल भिडन्त तय गरेको छ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आगामी मंगलवार आयोजक चिली र पेरु भिड्नेछन् ।
पाराग्वे सेमिफाइनलमा प्रवेश






