लण्डन, २१ फागुन । इङ्गलिश प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएरातीका खेलहरुमा शिर्ष ५ स्थानका सबै क्लवहरु विजयी भएका छन् । शिर्ष स्थानको चेल्सीले वेष्ट ह्याम युनाईटेडलाई १-० ले हराँउदा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई २-० ले पराजित गर्यो ।
यसैगरी तेस्रो स्थानको आर्सनलले क्वीन्स पार्क रेन्जर्सलाई २-१ ले हराँउदा चौथो स्थानको म्यान्चेस्टर युनाईटेडले न्युकासल युनाईटेडमाथि १-० को जित निकाल्यो । गएराती लिभरपुलले बर्न्लेलाई २-० ले हरायो । प्रिमियर लिग अन्तर्गत गएरातीका खेलहरुपछि अंक तालिकामा चेल्सीको अग्रता कायमै छ । चेल्सीले २७ खेलबाट ६३ अंक जोडेको छ भने एक खेल बढी खेलेका म्यान्चेस्टर सिटी ५८ अंकका साथ दोस्रो तथा आर्सनल ५४ अंकका साथ तेस्रो स्थानमा रहेका छन् ।
प्रिमियर लिगमा शिर्ष स्थानका क्लबहरु विजयी






