लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको जुलाई २२ मा हुने निर्वाचनको माहौल सँगै आईसीसी सदस्य पदका उमेदवार मोहन कार्कीको नाम चर्चामा रहेको छ । समाजसेवी, स्पष्ट वक्ता, निडर व्यवितत्व मोहन कार्की एनआरएनए युकेको एक सुपरिचित नाम हो । एनआरएनए युकेको दुई कार्यकाल उपाध्यक्ष (२०१९–२१, २०२१–२३) एनआरएनए स्कटल्याण्डको संस्थापक अध्यक्ष (२०१७–१९) समेत रहेका कार्की विभिन्न सामाजिक संस्थाहरूमा समेत आबद्ध छन् । फोर्थ भ्याली नेपाली एशोसिएसनका अध्यक्ष समेत रहेका कार्की दुई कार्यकाल ग्लास्गो नेपाली एशोसिएसनको अध्यक्ष समेत थिए । एनआरएनए युकेको निर्वाचनमा प्रमुख पदहरुमा प्यानल बनेपनि सबैका प्रिय मोहन कार्की आईसीसी सदस्य पदमा साझा उमेदवारको रुपमा मैदानमा उत्रेका छन् समाजसेवा र एनआरएन अभियानमा लामो समय काम गरेका उनलाई आईसीसी सदस्यका उमेदवार कार्कीले सबै संग भोटको अपिल गरेका छन् ।

आईसीसी सदस्य उम्मेदवार कार्की विभिन्न सामाजिक संस्थाहरूमा आबद्ध हुनुका साथै व्यक्तिगत रुपमा नेपालमा विभिन्न सामाजिक संस्थाहरू, विद्यालयहरू एवम् आपत विपत पर्दा सहयोग गर्न निकै अग्रसर रहदै आएका छन् । यसैबीच उनले महावीर पुनको नेपाल आविष्कार केन्द्रलाई व्यक्तिगत रुपमा दुई लाखभन्दा बढी सहयोग गर्नुका साथै स्कटल्याण्डका विभिन्न ठाउँहरूबाट संकलन २० लाखभन्दा बढी सहयोग संकलन गर्न उनको ठूलो योगदान रहेको थियो । नेपालमा भूकम्प आउँदा उनले व्यक्तिगत र संस्थागत रुपमा दश लाखभन्दा बढी सहयोग गरेका थिए । साथै, कोभिड महामारीमा एनआरएन युकेको तर्फबाट अक्सिजन कन्सन्ट्रेटरहरु नेपालका विभिन्न अस्पतालहरूमा हस्तान्तरण गर्न र सहयोग जुटाउन एनआरएन युकेको उपाध्यक्षको रुपमा उहाँको अग्रणी भूमिका रहेको थियो ।
यसबाहेक कार्कीले छोरीको नाममा राजभिका फाउण्डेसन स्थापना गरेर विद्यालयहरूमा अक्षय कोषहरू स्थापना गरेका छन् । आपत विपत पर्दा कार्की कर्मभूमि बेलायत र जन्मभूमि नेपालमा अग्रणी रुपमा लागिपर्ने स्वभावको छन् । विशेष गरेर स्कटल्याण्डका नेपालीहरूलाई इमिग्रेसन र कानुनी समस्या पर्दा उहाँ अग्रसर भएर लागि पर्छन । यसैजारी सामाजिक सेवामा योगदान गरेको कारण हाउस अफ लर्ड्सबाट कार्कीलाई सम्मानपत्र प्राप्त भएको छ। आगामी नोभेम्बरमा हाउस अफ लर्ड्समा औपचारिक रुपमा सम्मान गरिने कार्यक्रम रहेको कार्कीले बताए ।
एनआरएनए युकेको नेपाली नागरिकता निरन्तर अभियानको संयोजक समेत रहेका कार्कीले गैर आवासीय नेपालीलाई नागरिकता निरन्तरको विषयमा प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरू, मन्त्रीहरू, सांसदहरू र उच्च पदस्थ अधिकारीहरूलाई संस्थागत रुपम र व्यक्तिगत रुपमा लबिङ गरेका थिए । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा उच्च पदाधिकारीसहित कोप–२६ को सम्मेलनमा स्कटल्याण्ड आउनुहुँदा कार्कीले दोहोरो नागरिकताको विषयमा गहन छलफल गरेका थिए । साथै, नेपालमा गएर तत्कालीन गृहमन्त्री, कानुन मन्त्री, परराष्ट्र मन्त्रीहरूलाई ज्ञापनपत्र समेत पेश गरेका थिए । कार्कीकै संयोजनमा एनआरएनए युकेको आयोजनमा गैर आवासीय नागरिकताको विषयमा नेपालबाट मन्त्री, सांसदहरू आउँदा पटकपटक छलफलहरू समेत भएका थिए । हालै राष्ट्रपतिबाट गैर आवासीय नागरिकता सम्बन्धि कानुन जारी हुनु स्वागतयोग्य भएको बताउदै गैर आवासीय नेपालीलाई दोहोरो नागरिकतानै चाहिने र एनआरएनए आईसीसी मार्फत निर्वाचन पछि आफू लागिपर्ने आईसीसी सदस्य पदका उमेदवार मोहन कार्कीले लन्डन नेपाल न्युज लाई बताए ।






