एनआरएन एनसीसी र आईसीसीबीचको सम्बन्धलाई घनिभूत बनाउन डिल्ली भट्टराईको उम्मेदवारी

न्यूयोर्कः एनआरएन अमेरिकालाई सफल बनाउने नायकको रुपमा परिचित डिल्ली भट्टराईले एनआरएन आईसीसीको बोर्ड सदस्यका रुपमा उम्मेद्वारी दिनु भएको छ । उहाँ जस्तो लोकप्रिय र सबैको मन जित्न सक्ने कुशल व्यक्तित्वको उम्मेद्वारीले सम्पूर्ण अमेरिकाबासी नेपालीमा हौसला छाएको छ । उक्त पद्मा भट्टराईलाई विजय गराएर एनआरएन आईसीसीलाई बौद्धिक र आर्थिक रुपले भरिपूर्ण गराउने अमेरिका स्थित नेपालीहरूको सोच छ ।
सन् २००० मा अध्ययनको सिलसिलामा अमेरिका आएका भट्टराईले यहाँ आएदेखिनै विभिन्न सामाजिक संघ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको छ । एनआरएनए अमेरिका स्थापना कालदेखि नै विभिन्न चरण पार गर्दै २०१३ देखि २०१५ सम्मको बरिष्ठ उपाध्यक्षको भुमिका निर्वाह गरिसक्नु भएको छ । उहाँको कार्यकाललाई एनआरएनए एनसीसी अमेरिकाको स्वर्णिम कालको रुपमा आज पनि स्मरण बताइन्छ । साथै २०१५ देखि २०१७ को कार्यकालमा आईसीसी अन्तर्गत रहेका फरेन इम्प्लोइमेन्ट रिलिफ फण्ड टास्क फोर्सको चेयरका रुपमा रुपमा उहाँले कार्यभार सम्माल्नु भएको छ ।
कुशल र कुटनीतिक व्यक्तित्वको धनी उहाँले नेपाली राहदानीलाई एमआरपी बनाउनेदेखि तत्कालिन एनआरएन अमेरिकाको विधान संशोधन गर्नेसम्मका कार्य सम्पादन गर्नु भएको छ । नेपालमा विपद् अर्थात विनाशकारी भूकम्पको पीडामा मलम लगाउने र नेपाली जनतालाई तत्काल राहत, उद्दार र स्वस्थ शिबिर संचालन गर्ने काम पनि उहाँकै पहलमा भएको थियो ।

यति गर्दा गर्दै पनि एनआरएनए अमेरिकामा धेरै दुविधा र अन्योलताहरू आए । यसलाई चिर्दैे एनआरएन एनसीसी र आईसीसीबीचको सम्बन्धलाई विशेष, समुधुर, मजवुत, गराउनु आजको आवश्यकता हो । अझै पनि नेपालमा गैर आवासीय नागरिकता र एनआरएन सम्बधित अन्य कानुन बनाउन समेत पहल गर्ने उहाँको योजना छ । संस्थालाई कसरी दीगो र संस्थागत बनाउने सोच र योजना उहाँ लाग्नु भएको छ । संस्थाको प्रवद्र्धनका लागि व्यापक कार्यक्रम ल्याउने खाका उहाँले बनाउनु भएको छ ।
उहाँ जस्तो समाजसेवी व्यक्तिलाई एनआएएन आईसीसीको बोर्ड सदस्यमा विजय आजको आवश्यकता हो । एनआरएनए अमेरिकालाई सबैको साझा चौतारीको रुपमा विकास गर्ने योजनामा भट्टराई लागि पर्नु भएको छ । सुरेश कोइराला