विश्व बैंकले ५० अर्ब दिने

world bank

विश्व बैंकले नेपाललाई ५० अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । भूकम्पका कारण क्षेतिग्रस्त भएका संरचनाको पुनर्निर्माण तथा अन्य क्षेत्रमा लगानीका लागि विश्व बैंकले नेपाललाई ५० अर्ब रुपैयाँ सहयोग गर्ने भएको हो ।

बैंकले दिने रकममध्ये २० अर्ब ग्रामीण क्षेत्रमा घर बनाउन १० अर्ब रुपैयाँ सरकारी बजेटमा र बैंकिङ प्रणालीको सुधारमा र बाँकी रकम विश्व बैंकको नेपालमा सञ्चालन भइरहेका कार्यक्रमबाट जुटाई पुनर्निर्माणमा लगानी गरिनेछ। विश्व बैंक समूहका अध्यक्ष जिम योङ किमले विश्व बैंक नेपाललाई चाहिएका बेला सधैं साथमा रहेको बताए ।