इलाम- पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रबाट इलाम क्षेत्र नम्बर ३ मै उम्मेदवार बनेकी सोममाया राई अहिले सोही पार्टीबाट इलाम नपा १२ मा उम्मेदवार बनेकी छन् ।
२ वटा संविधानसभा र २ स्थानीय चुनावमा प्रतिस्पर्धा गरेका साविक माइपोखरी गाविसका गणेश राई अहिले सन्दकपुर गाउँपालिका १ बाट वडाध्यक्ष पदका उम्मेदवार बनेका छन् ।
अघिल्लो संविधानशभामा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका साबिक एकतप्पा गाविसका दिलबहादुर लिम्बू फाकफोकथुम गाउँपालिका ७ मा संघीय समाजवादीका तर्फबाट वडाध्यक्षको उम्मेदवार छन् ।






