बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोनसनले दिए सांसद पदबाट राजिनामा

लन्डन । बेलायतका पूर्व प्रधानमन्त्री एवं टोरी पार्टीका प्रभावशाली सांसद बोरिस जोनसनले सांसद पदबाट राजिनामा दिएका छन् ।जोन्सनले राजीनामा दिए पछि  रिक्त भएको उक्त सिटमा अब उपनिर्वाचन हुने भएको छ।

राजिनामा दिएका जोनसनलाई कार्यालय तथा निवासमा कोभिड–१९ को मापदण्ड तोडेर पार्टी गरेको अभियोग उनीमाथि लाग्दै आएको छ। संसदीय छानबिनका बीचमा जोनसन आफ्नो राजनीतिक भविष्यका लागि लडिरहेका छन् । जोनसनले प्राप्त गरेको अग्रिम प्रतिवेदनका आधारमा राजिनामा दिंदै अनुसन्धान पूर्वाग्रही भएको आरोप लगाएका छन् ।